27 December ,2025,Saturday

प्रहरी निरीक्षकहरूद्वारा मानवसेवा आश्रममा भोजन सहयोग

अभिलाष गुप्ता

वीरगंज, २३ कार्तिक । समाजप्रति उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यका साथ पर्सा जिल्लाका विभिन्न प्रहरी निरीक्षकहरूले आज मानवसेवा आश्रम, वीरगंजमा आश्रित आमा–बुबाहरूलाई बिहानको भोजन खुवाउँदै मानवीय सेवाका उदाहरण प्रस्तुत गरेका छन्।

उक्त सहयोगात्मक कार्यक्रम वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक विक्रम सुबेदी, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक युवराज कटवाल, वरिष्ठ प्रहरी निरीक्षक गुननिधि खकुरेल, र श्रीपुर वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नविन थापा मगर लगायतका सुरक्षाकर्मीहरूको सक्रिय सहभागितामा सम्पन्न भएको हो।

कार्यक्रममा मानवसेवा आश्रमका संस्थापक सदस्य देवेश गुप्ता, ओम कुमार झा, मुना मगर लगायतका सामाजिक अभियन्ताहरूको उपस्थितिमा आश्रममा आश्रित आमा–बुबाहरुलाई प्रेमपूर्वक खाना खुवाइयो।

सामाजिक कार्यमा प्रहरीको यो सहभागिता निकै सराहनीय रहेको भन्दै सहभागीहरूले प्रहरी केवल अपराध नियन्त्रणमै सीमित नभई मानवीय कल्याणका कार्यमा पनि उदाहरण प्रस्तुत गरिरहेको बताएका छन्।

स्थानीय नागरिकहरूले यस्ता मानवीय गतिविधिहरूले प्रहरी र समुदायबीचको सम्बन्ध अझ मजबुत बन्ने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल