27 December ,2025,Saturday

मिटर ब्याज विरुद्ध देशव्यापी आन्दोलनको तयारी, पाँच जिल्लाका पीडितहरूको सहभागिता

अभिलाष गुप्ता

वीरगंज, २४ कार्तिक । वीरगंज आदर्शनगरस्थित रानीसती धर्मशालामा संयुक्त जन अधिकार आन्दोलन नेपाल, मिटर ब्याज संघर्ष समिति र लघुवित तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपालको संयुक्त आयोजनामा संयुक्त भेला तथा एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि तथा लघुवित तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपालका केन्द्रीय अध्यक्ष मनिराम ज्ञवालीले वर्तमान समयमा देशभर मिटर ब्याज र लघुवित संस्थामार्फत जनसाधारणमाथि भइरहेको आर्थिक शोषण असह्य अवस्थामा पुगेको बताउँदै पीडितहरू एकताबद्ध भएर आन्दोलनमा उत्रिनुपर्ने आवश्यकता औंल्याउनुभयो।

सरकारले वर्षौंदेखि मिटर ब्याज र लघुवित पीडितका समस्या समाधान गर्छौं भन्ने घोषणा गर्दै आएको छ, तर वास्तविक पीडित अझै पीडामा छन्। अब हामी मौन बस्ने छैनौं एकजुट भएर देशव्यापी आन्दोलन गर्नेछौं,मनिराम ज्ञवाली, अध्यक्ष, लघुवित तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपाल

ज्ञवालीले वित्तीय संस्थाहरूले गरीब जनतालाई ऋणको नाममा दोहन गरेको आरोप लगाउँदै कानूनी तथा सामाजिक दुवै स्तरमा दबाब सिर्जना गर्नुपर्ने बताउनुभयो। उहाँले केन्द्रदेखि स्थानीय तहसम्म संगठन सुदृढ पार्ने घोषणा गर्नुभयो।

कार्यक्रममा किसान मजदुर आन्दोलन नेपालका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहा, समिति नेपालका रामेश सेन्चुरी, तथा किसान मजदुर आन्दोलन नेपालका केन्द्रीय प्रवक्ता निर्ग नविन लगायतका विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।कार्यक्रमको अध्यक्षता पर्सा जिल्ला अध्यक्ष शिव साह तेलीले गर्नुभएको थियो।

उक्त कार्यक्रममा पर्सा, बारा, रौतहट, सर्लाही र मकवानपुर जिल्लाबाट करिब ५ सयभन्दा बढी मिटर ब्याज पीडितहरू सहभागी भएका थिए।प्रशिक्षण सत्रमा सहभागीहरूलाई संगठन सुदृढीकरण, कानूनी सचेतना र आर्थिक अधिकार संरक्षणका उपायहरू सम्बन्धी जानकारी दिइएको थियो।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल