26 December ,2025,Friday

लायन्स क्लब वीरगंज सेन्ट्रल सिटीद्वारा दन्त परीक्षण तथा सचेतना शिविर सम्पन्न

अभिलाष गुप्ता

वीरगंज, २५ कार्तिक । लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीले आज वीरगंजस्थित नवदीप एकेडेमीमा बालबालिकाहरूका लागि दन्त परीक्षण तथा सचेतना शिविर सम्पन्न गरेको छ। क्लबकी सक्रिय अध्यक्ष सुशीला साहको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि लायन्स उप–डिष्ट्रिक्ट गभर्नर राम बिहारी पाण्डे रहनुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पाण्डेले दाँतको शारीरिक महत्त्वबारे प्रकाश पार्दै बालबालिकाहरूको स्वस्थ, सुन्दर र चम्किलो दाँतका लागि शुभकामना व्यक्त गर्नुभयो। उहाँले बाल्यावस्थादेखि नै मुख र दाँतको स्वच्छतामा ध्यान दिनु स्वस्थ जीवनका लागि अनिवार्य रहेको बताउनुभयो।

दन्त परीक्षण शिविरमा दन्त चिकित्सक डा. सुरभि सिंह र डा. नन्दिनी कुमारीले विद्यालयका बालबालिकाहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरी सल्लाह सुझाव प्रदान गर्नुभएको थियो।

कार्यक्रममा क्षेत्रीय प्रमुख रामेश्वर गुप्ता, वरिष्ठ लायन कपिलदेव तिवारी, देवन्ति साह, सचिव कविता खड्का, सुरमा मण्डल, नेहा गुप्ता, रञ्जिता शाह ठकुरी, गीता साह, आरती तामाङ, बबिता चौधरी लगायत लायन्स सदस्य, विद्यालयका शिक्षक–शिक्षिका, सञ्चारकर्मी, समाजसेवी तथा बाल विकासका अभिभावकहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

अन्त्यमा, अध्यक्ष सुशीला साहले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै भन्नुभयो बालबालिकाको स्वास्थ्य हाम्रो भविष्य हो। दाँत शरीरको सुन्दरता मात्र होइन, स्वास्थ्यसँग पनि प्रत्यक्ष सम्बन्धित हुन्छ। लायन्स क्लब वीरगंज सेन्ट्रल सिटीले यस्ता सामाजिक स्वास्थ्य–केन्द्रित कार्यक्रमहरूलाई निरन्तरता दिनेछ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल