14 July ,2026,Tuesday

वीरगंजमा पिस पोष्टर चित्रकला प्रतियोगिता सम्पन्न विद्यार्थीहरु द्वारा उत्कृष्ट प्रदर्शन

अभिलाष गुप्ता

वीरगंज, २६ कार्तिक । वीरगंज महानगरपालिका–१५ स्थित नवदीप एकेडेमीका विद्यार्थीहरूले यस वर्षको पिस पोष्टर चित्रकला प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विद्यालयको नाम उज्यालो पारेका छन्। विद्यालयमा अध्ययनरत ११ देखि १३ वर्ष उमेर समूहका १५ जना विद्यार्थीहरूले प्रतियोगितामा सहभागिता जनाएका थिए।

उक्त प्रतियोगितामा कक्षा ६ की परी गुप्ताले उत्कृष्ट चित्र प्रस्तुत गर्दै प्रथम स्थान हासिल गरिन्। कक्षा ५ की आचल साहले दोस्रो स्थान, र मिराली जैसवालले तेस्रो स्थान प्राप्त गर्न सफल भएका थिए।

कार्यक्रमका प्रमुख अतिथि पिएमसिसी (PMCC)का डा. रमेशकुमार अग्रवालले विजेता विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो। उहाँले सो अवसरमा देशभरका विजेता विद्यार्थीहरूले अब इन्टरनेशनल पिस पोष्टर प्रतियोगितामा भाग लिन पाउने जानकारी दिनुभयो। उहाँका अनुसार अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट हुने विद्यार्थीहरूले ठूलो धनराशिको पुरस्कार समेत प्राप्त गर्ने छन्।

डा. अग्रवालले कार्यक्रममा सम्बोधन गर्दै भन्नुभयो बालबालिकाले चित्रमार्फत आफ्ना मनका भावना र समाजका सन्देशहरू उजागर गर्न सक्छन्। यस्ता प्रतियोगिताले सिर्जनशीलता, कलात्मकता र विश्वशान्तिप्रतिको सकारात्मक सोच विकास गर्न ठूलो भूमिका खेल्दछ।

कार्यक्रम विद्यालयकी प्रधानाध्यापक तथा लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीकी अध्यक्ष सुशीला साहको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रथम भिडिजी एमएलएफ लायन राम बिहारी पाण्डे, एरिया चिफ पिएमजे एफ लायन रामेश्वर, डिष्टिक मार्केटिङ को–अर्डिनेटर लायन नरुतम पाण्डे लगायतका अतिथिहरूले पनि आफ्ना धारणा राखेका थिए।

कार्यक्रमको सहजिकरण शिक्षिका नेहा अग्रवालले गर्नुभएको थियो। अन्त्यमा डा. अग्रवालले विजेता तथा सहभागी सबै विद्यार्थीहरूलाई बधाई र शुभकामना व्यक्त गर्दै निरन्तर अध्ययन र सिर्जनात्मक गतिविधिमा सक्रिय रहन प्रेरित गर्नुभयो।

नवदीप एकेडेमीका विद्यार्थीहरूले चित्रकला प्रतियोगिता मार्फत आफ्नो प्रतिभा देखाएका छन्। विजेताहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएर विद्यालय र देशको प्रतिष्ठा बढाउने अवसर पाउने भएका छन्।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...