वीरगंज, २६ कात्तिक । वीरगंज महानगरपालिका–२ छपकैयास्थित बिरयानी हाउस अगाडि भेटिएको बेवारिसे सुटकेशका कारण सो क्षेत्र केही समयको लागि आतंकित भएको थियो । बुधवार साँझ ६ः०० बजे खैरो रङ्गको सुटकेश बेवारिसे अवस्थामा भेटिएको सूचना पाएपछि प्रहरी घटनास्थलमा पुगेर नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाएको थियो । श्री जंग गण वीरगंजबाट ७ जनाको विशेष बम डिस्पोजल टोलीले खटेर सुटकेश परीक्षणका क्रममा सुटकेश भित्र कुनै प्रकारको विस्फोटक पदार्थ नभएको पुष्टि भएको छ । प्रहरीले सुटकेश कसैले सो क्षेत्रमा छाडेर आंतक सिर्जना गर्नेको अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया लेख्नुहोस् ।



