spot_img

29 January ,2026,Thursday

भारतको महावाणिज्य दूतावास वीरगंजको आयोजनामा जनजातीय गौरव दिवस कार्यक्रम सम्पन्न

वीरगंज, २८ कार्तिक । भारतको महावाणिज्य दूतावास वीरगंजको आयोजनामा शुक्रबार जनजातीय गौरव दिवस विशेष कार्यक्रम सांस्कृतिक विविधता सहित भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न वक्ताहरूले आदिवासी समुदायका वीर नेता भगवान विरसा मुंडाको जीवन, संघर्ष र ऐतिहासिक योगदानबारे विस्तृत जानकारी प्रस्तुत गरेका थिए।

महावाणिज्य दूतावासका कन्सुलर जेनरल डि. एस. श्री देवी सहाय मीनाले विरसा मुंडाले ब्रिटिश शासनको अत्याचार र जमिन कब्जामाथि उत्रिएको उलगुलान आन्दोलन मार्फत जनजातीय समुदायको पहिचान, अधिकार र स्वाभिमान सुरक्षित गर्न गरेको भूमिका स्मरण गरे। साथै उहाँले शिक्षा, आत्म–अनुशासन र सामाजिक सुधारमा दिएको योगदान आज पनि प्रेरणादायी रहेको बताए ।

डा.सुचित शर्माले विरसा मुंडालाई युवालाई समुदायको भविष्य र पहिचानका रक्षकको रूपमा अघि ल्याएको बताए। विखण्डित जनजातीय समूहलाई एकजुट गरी संगठित आन्दोलन प्रारम्भ गरि मुंडा समुदायलाई आफ्नो मौलिक धर्म, संस्कृति र पहिचान जोगाउन प्रेरित गरेको बताए ।

त्यस्तै जनजाति सुरक्षा मंचका कार्यकारी राष्टिय सयोजक सुरेश चौधरीले 1875 मा जन्मेका विरसा मुंडाले युवाहरूलाई सांस्कृतिक, सामाजिक र राजनीतिक चेतनामा जोड्न विशेष प्रशिक्षण र शिक्षा जस्ता अभियान चलाएको बताए।

कार्यक्रममा इतिहास र संस्कृति सम्बन्धी प्रस्तुतिकरणसँगै रंगीन सांस्कृतिक कार्यक्रम पनि प्रदर्शित गरियो। लिटिल flower Parwanipur तथा शारदा कला केन्द्र Raxaul का विद्यार्थीहरूले जनजातीय नृत्य–गीत, लोकधुन र सांस्कृतिक पहिरन झल्काउने प्रस्तुतिहरू गरे, जसले कार्यक्रममा रंगीन माहोल सिर्जना गर्‍यो। विद्यार्थीहरूको उत्साह, नृत्य–कला र सांस्कृतिक प्रस्तुतिलाई उपस्थित दर्शकहरूले प्रशंसा गरेका थिए।

जनजातीय संस्कृति, पहिचान र विरासत संरक्षणका विषयमा सरोकारवालाबीच विचार–विमर्श समेत भएको थियो। कार्यक्रमले दुई देशबीचको सामाजिक–सांस्कृतिक सम्बन्ध थप नजिक बनाउने हुने विश्वास भारतिय दुतावासका कन्सुलेट मनिश दासले बतााए।

कार्यक्रममा स्थानीय प्रतिनिधि, समाजसेवी, विद्यार्थी, विभिन्न संघ–संगठनका पदाधिकारी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियो।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल