spot_img

19 February ,2026,Thursday

राष्ट्रिय छात्रा सम्मेलन वीरगंजमा सम्पन्न

वीरगंज २८ कार्तिक । राष्ट्रिय छात्रा सम्मेलन–२०८२ शुक्रवार सम्पन्न भएको छ । ज्ञान शीत एकता प्राज्ञिक विद्यार्थी परिषद् नेपालद्वारा आयोजित महिला सुरक्षा, स्वास्थ्य, सम्मान र नेतृत्व विकासलाई मूल विषय बनाइएको सम्मेलनमा देशभरका छात्राहरूको सहभागीता रहेको आयोजकले जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि न्यायाधिवक्ता सविता भण्डारीले छात्रा तथा युवा वर्गले राष्ट्रप्रतिको जिम्मेवारी, कर्तव्य र समर्पणलाई जीवनको मूल सिद्धान्तको रूपमा आत्मसात गर्नुपर्नेमा जोड दिइन् । उनले महिला नेतृत्व विकासका लागि परिषद् सक्रिय रूपमा कार्यरत रहेको उल्लेख गरिन।
कार्यक्रमका विभिन्न सत्रहरूमा महिला अधिकार, शैक्षिक नेतृत्व, चरित्र निर्माण, सामाजिक उत्तरदायित्व, धार्मिक–सांस्कृतिक चेतना तथा युवाहरूको भूमिकावारे वक्ताहरूले विचार राखेका थिए । मञ्चमा उपस्थित अतिथि, पदाधिकारी तथा विशिष्ट व्यक्तित्वहरूलाई सम्मान चिह्न प्रदान गरिएको थियो।
कार्यक्रममा अखिल भारतीय विद्यार्थी परिषद्का अखिल भारतीय राष्ट्रिय छात्रा प्रमुख प्राध्यापक मनु कटारिया, प्राज्ञिक विद्यार्थी परिषद् नेपालकी राष्ट्रिय उपाध्यक्ष लक्ष्मी कर्ण, राष्ट्रिय सचिव मुना बिष्ट, राष्ट्रिय छात्रा प्रमुख डा. सुष्मा तिवारी, स्वागत समिति अध्यक्ष निभा दास, सचिव मिनाक्षी गुप्ता, विद्यार्थी परिषद् प्रदेश अध्यक्ष पल्लवी हरलालका, उद्योग – व्यवसाय समुदायबाट उद्योग वाणिज्य संघ वीरगंजका उपाध्यक्ष माधव राजपाललगायतको उपस्थिति थियो। “कर्तव्य जानौं, कर्ममा रमाऔं, आफ्नै देशमा पसिना बगाऔं, नेपाली जागौं नेपाल जगाऔ” नाराका साथ आयोजित सम्मेलनमा प्राज्ञिक विद्यार्थी परिषद् नेपालका पदाधिकारीहरूले विद्यार्थी नेतृत्व विकास, राष्ट्रियता तथा सामाजिक चेतना सम्बन्धी अभियानहरू अघि बढाउने प्रतिबद्धता जनाए । दुर्ई दिने राष्ट्रिय छात्रा सम्मेलन आज समापन भएको थियो ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल