16 November ,2025,Sunday

थारु कल्याण समिति पर्साको बैठक सम्पन्न

वीरगंज, २९ कार्तिक । थारु कल्याण समिति पर्साको नियमित बैठक शनिबार सम्पन्न भएको छ। थारु कल्याण समिति (था.क.स.) पर्साको बैठक पर्सागढी नगरपालिका–२, बागबानामा समितिका अध्यक्ष श्री भागवत प्रसाद थारु ज्यूको अध्यक्षतामा सम्पन्न भएको छ।

बैठकमा समितिका विभिन्न प्रस्तावहरूमा विस्तृत रूपमा छलफल गरिएको थियो। बैठकमा संस्थाको हालसम्मको गतिविधि, संगठन विस्तार, तथा आगामी कार्यक्रमहरूबारे विस्तृत समीक्षा तथा योजना प्रस्तुत गरिएको थियो।

बैठकले समुदायको सामाजिक, सांस्कृतिक तथा शैक्षिक उत्थानका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। सदस्यहरूले थारु समुदायको पहिचान संरक्षण, युवाहरूलाई नेतृत्व विकासतर्फ प्रेरित गर्ने, तथा स्थानीय तहसँग समन्वय मजबुत बनाउँदै लैजाने विषयमा विशेष चर्चा गरेका थिए।

बैठकले प्रस्तावित गतिविधि तथा आगामी कार्यक्रमहरूबारे महत्वपूर्ण निर्णयहरू अघि बढाउने बताइएको छ। सो बैठकबाट मिति २०८२-८-२० गते यस सन्स्थाको सधारण सभा सखुवा प्रसौनी गा.प.वार्ड न.२ स्थित श्री दिपनारयन आदर्स मा.बि. औराहा पन्चगावा मा ११ बजे देखि गर्ने निर्णय गरेको छ। यस सभामा सम्पुर्ण थारु समुदायलाई उपस्तिथिको लागि अनुरोध गरेको छ।

 बैठकमा केन्द्रिय सदस्य श्री महेन्द्र चौधरी, केन्द्रिय पार्सद नन्दकिशोर पन्जियार, बेदमन दास, पूर्व केन्द्रिय सदस्य बृजमोहन चौधरी, पर्सागढी न.पा. संयोजक घनश्याम दास, सदस्य जङ्गबहादुर दास, अधिवक्ता अमय दास तथा थारु पत्रकार नेपालका अध्यक्ष श्री शम्भु महतोलगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण समितिका सचिव श्री मनोज चौधरीले गर्नुभएको थियो।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...