17 November ,2025,Monday

निःशुल्क स्वास्थ्य शिविर पर्सागढीमा सम्पन्न : करिब ६ सयभन्दा बढी नागरिक लाभान्वित

अभिलाष गुप्ता

वीरगंज, ३० कार्तिक । पर्सागढी नगरपालिकामा नेपाली सेनाले नेपाल–नेपाली नीति अनुसार विशेष रूपमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ। २१० वर्षअघि वि.सं. १८७१ पुस १९ गते तत्कालीन ब्रिटिश सेनामाथि प्राप्त ऐतिहासिक विजय दिवसको स्मरणमा पर्सागढीको ऐतिहासिक महत्व झल्किने क्षेत्रमै स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले शिविर सञ्चालन गरिएको हो।

स्वास्थ्य सेवा पाउन कठिनाइ भोग्दै आएका स्थानीय बासिन्दालाई लक्षित गरी आयोजित शिविरमा करिब ६ सयभन्दा बढी महिला, पुरुष तथा वृद्ध–वृद्धाले ओपीडी, अर्थोपेडिक, छाती तथा स्त्रीरोगसम्बन्धी स्वास्थ्य परीक्षण गराएका छन्। परीक्षणपछि आवश्यक औषधि निःशुल्क वितरण गरिएको श्री श्रीजंग गण वीरगंजका प्रमुख लोकेन्द्र कार्कीले जानकारी दिनुभयो।

गाँउका अधिकांश नागरिक समयमै चिकित्सकको सम्पर्कमा पुग्न नसक्ने अवस्थालाई मध्यनजर गर्दै शिविर आयोजना गरिएको प्रमुख कार्कीले बताए। उहाँका अनुसार जनता र सेनाबीचको आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउने तथा सेवा गाउँ–गाउँसम्म पुयाउने उद्देश्यले यस्ता शिविरहरू निरन्तर सञ्चालन गर्दै आएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...