14 July ,2026,Tuesday

उपकार सेवा नेपालद्वारा भगवाननगरस्थित वृद्ध–वृद्धा आश्रमलाई मासिक खाद्यान्न तथा जिन्सी सामग्री हस्तान्तरण

अभिलाष गुप्ता

वीरगंज ०२ मंसिर । उपकार सेवा नेपालले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत ठोरी गाउँपालिका–१, भगवाननगरमा अवस्थित वृद्ध–वृद्धा तथा अपाङ्ग आश्रममा यस महिनासमेत आवश्यक खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री उपलब्ध गराएको छ। आश्रममा आश्रित १८ जना अपाङ्ग, सुस्त मानसिक अवस्था भएका नागरिक, वृद्ध–वृद्धा, आमा–बुवा तथा बालबालिकाहरूका लागि संस्थाले नियमित रूपमा राहत सामग्री वितरण गर्दै आएको छ।

यस महिनाको वितरण कार्यक्रममा चामल, दाल, खानेतेल, नून, बिस्कुट, मसुर तथा मुङ दाल, चना, स्वाबिन, अचार, सर्फ, लुगाधुने साबुन, नुहाउने साबुन, डाइपर, बेसार, धनिया, खुर्सानी मसला लगायतका दैनिक आवश्यक सामग्रीहरू हस्तान्तरण गरिएको थियो।

आश्रमका सदस्य रामबहादुर थिङलाई घरमै बोलाई एक सरल कार्यक्रममार्फत सामग्री हस्तान्तरण गरिएको हो। कार्यक्रममा संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगी तथा सामाजिक अभियन्ता प्रकाश थारूले संयुक्त रूपमा थिङलाई सामग्री बुझाइअनुभयो।

उपकार सेवा नेपालले आश्रमलाई हरेक महिना नियमित रूपमा खाद्यान्न तथा जिन्सी सामग्री सहयोग गर्दै आएको संस्थाले जनाएको छ। संस्थाको निरन्तर सहयोगले आश्रममा बसोबास गर्ने वृद्ध–वृद्धा तथा सेवा आवश्यक व्यक्तिहरूको दैनिक जीवन सहज हुने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...