19 November ,2025,Wednesday

लाखौंको चोरीको गहनासहित चारजना पक्राउ

वीरगंज, ३ मंसिर ।  चोरीका गहनासहित चारजना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, पर्साले जानकारी गराएको छ ।
प्रहरीले चोरीका गहनासहित भारत विहार जिल्ला वेतीया बल्थर थाना सरकिला बस्ने वर्ष ३३ को बिजय राय, वर्ष ६० को शेख बुनाद, बेतीया गबनाहा थाना आरा पिपरा बस्ने वर्ष ३१ को बिनोद राउत र  जिल्ला पर्सा वीरगंज म.न.पा. वडा नं. ३२ टेढा बस्ने वर्ष २० को विध्या कुमार नटलाई पक्राउ गरेको जनाएको छ ।
सूचनाको आधारमा कात्तिक ३० गते २ः३० बजेको समयमा वडा प्रहरी कार्यालय श्रीपुरले वीरगंज महानगरपालिका वडा नं. ३२ स्थित जितपुरबाट मिलनचोक जाँदै गरेको भारत विहार जिल्ला बेतीया थाना बल्थर सरकिला बस्ने वर्ष ३३ को विजय राय सवार लु.९६ प ३७३३ नम्बरको स्कुटी चेकजाँच गर्दा स्कुटीमा पछाडि सवार वर्ष ६० शेख बुनादले लगाएको पाइन्टको खल्तीबाट सेतो रंगको रूमालमा सेतो रंगको कागजभित्र बिल बिजक नरहेको सुन जस्तो धातुले बनेको गरगहनाहरू, चाँदी जस्तो देखिने धातुले बनेका गरगहनाहरू बरामद भएपछि नियन्त्रणमा लिएको जिप्रका, पर्साले जनाएको छ ।
निजसंग प्रारम्भिक अनुसन्धान गर्दा अन्य थप गहनाहरू जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा न.३२ टेढा मुशहरटोल बस्ने वर्ष २० को विध्या कुमार नटको घर स्थानीय भद्र भलादमी तथा जनप्रतिनिधिहरूको रोहबरमा खानतलासी गर्दा लुकाइ छिपाई राखिएको अवस्थामा अन्य थप गरगहनाहरू बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीले सुनको सिक्री ११ थान, सुनको झुम्का २ थान, सुनको नथिया ३ थान, सुनको पोतोसहित जडान माला २ थान, सुनको लकेट १ थान, सुनको औंठी १ थान, सुनको मांगटीका २ थान, चाँदीको पाउजु १० थान, चांदीको सिक्का २ थान, चांदीको बिछिया ८ थान, चांदीको हथशंकर २ थान, सुन चांदी तौल गर्ने तराजू तथा नगद रु तीन लाख ७९ हजार र भारु ९२ सय बरामद भएको जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी गराएका छन् ।
बरामद गहना ३६ लाख ७० हजार बराबरको रहेको र गरगहनाहरू तथा नगद सहित उक्त गैर कानूनी कार्यमा संलग्न चारजनालाई नियन्त्रणमा लिई निजहरू विरूद्ध चोरी तथा डाँका सम्बन्धी कसूरमा सम्मानित पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...