वीरगंज, ३ मंसिर । बारा जिल्लाबाट लागुऔषध खैरो हेरोइनसहित पाँच जना पक्राउ परेको प्रहरीले जनाएको छ ।
फेटा गाउँपालिका–१ त्रिवेणीका ४२ वर्षीय कृष्ण महतो, ३२ वर्षीय लालुकुमार बैठा, ३६ वर्षीय लालु साह, निजगढ नगरपालिका–८ का ४० वर्षीय राजकुमार लामा र २५ वर्षीय अभिषेक श्रेष्ठलाई ब्राउनसुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
फेटा गाउँपालिका–१ त्रिवेणीका कृष्ण महतोको घरमा ब्राउन सुगरको खरिद–बिक्री भइरहेको भन्ने गोप्य जानकारीका आधारमा इलाका प्रहरी कार्यालय प्रसौनी र लागुऔषध नियन्त्रण ब्यूरो, वीरगंजको संयुक्त टोलीले छापा मारेको थियो । छापामारीका क्रममा महतोको घरबाट २३ ग्राम ७१० मिलिग्राम ब्राउन सुगर बरामद भएपछि घरधनी महतोसहित पाँचै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूमाथि प्रारम्भिक अनुसन्धान भइसकेको र थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी गराएका छन् ।



