21 November ,2025,Friday

चुनाव सम्पन्न गराउन आवश्यक परे सेना परिचालन गर्न सकिने- मन्त्री घिसिङ

जनकपुरधाम, ५ मङ्सिरः भौतिक पूर्वाधार तथा यातायातमन्त्री कूलमान घिसिङले घोषित मितिमै प्रतिनिधिसभा सदस्य निर्वाचन हुने बताउनुभएको छ ।

आज जनकपुरधाममा पत्रकारहरूसँग सङ्क्षिप्त कुरा गर्दै उहाँले सरकार प्रतिबद्ध भएर चुनावको तयारीमा सरकार लागेकाले चुनाव हुनेमा ढुक्क रहन सबैलाई आग्रह गर्नुभयो । उहाँले अगामी फागुन २१ गतेका लागि घोषणा गरिएको निर्वाचनको वातावरण बन्दै गएको र जनता निर्वाचनका लागि उत्साहित रहेको आफूले पाएको बताउनुभयो ।

मन्त्री घिसिङले सरकार सम्पूर्ण शक्ति लगाएर चुनावको तयारीमा लागेकाले चुनाव हुनेमा ढुक्क रहन र यस कार्यमा आवश्यक सहयोग गर्न आग्रहसमेत गर्नुभयो । उहाँले शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न गराउन आवश्यक परे सेना परिचालन गर्न सकिने उल्लेख गर्दै सामान्य विवादले चुनाव हुँदैन कि भनेर नसोच्न सबैलाई अपिल गर्नुभयो ।

श्रीसीताराम विवाहपञ्चमी महोत्सवको तयारी र जानकी मन्दिरमा दर्शनका लागि यहाँ पुग्नुभएका मन्त्री घिसिङलाई जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले स्वागतसहित जानकारी गराउनुभएको थियो ।

मन्त्री घिसिङसँगै युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले जानकी मन्दिर पुगेर पूजाअर्चनासमेत गर्नुभएको थियो ।रासस

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...