14 July ,2026,Tuesday

कम उमेरमै अद्भुत सफलता वीरगंजका निब सरावगीद्वारा लोकप्रिय घोरेपानी–पूँनहिल ट्रेक सफलतापूर्वक सम्पन्न

अभिलाष गुप्ता

वीरगंज, ०६ मंसिर । वीरगंजका निब सरावगीले कम उमेरमै उल्लेखनीय सफलता हासिल गर्दै देश–विदेशका पर्यटकहरूलाई आकर्षित गर्ने लोकप्रिय घोरेपानी–पूँनहिल (३२१० मिटर) ट्रेक सफलतापूर्वक पूरा गरेका छन्।

२०२५ अक्टोबर २४ देखि २७ सम्म चलेको चारदिने यो साहसिक यात्रामा उनले कठिन चढाइ, चिसो मौसम, उकालो भरिएका वन–पगडण्डी तथा विभिन्न शारीरिक चुनौतीहरू पार गर्दै आफ्नो साहस, अनुशासन र दृढ सङ्कल्पको उदाहरण प्रस्तुत गरेका हुन्।

निब् सरावगीलाई नेपालका मरवारी समुदायका सबैभन्दा कम उमेरका ट्रेकरमध्ये एकका रूपमा हेरिएको छ। उमेरले सानै भए पनि ट्रेकिङप्रतिको उनको उत्साह, तयारी, आत्म विश्वास र मानसिक दृढताले स्थानीय समुदायलाई चकित मात्र बनाएको छैन, गर्वित पनि बनाएको छ।

उनकी आमा नूतन सरावगीले निब्‌को उपलब्धिप्रति खुसी व्यक्त गर्दै भनिन्,निबले आफ्नो ठाउँ, समुदाय र उमेर समूहका बालबालिकालाई प्रेरणा दिन सक्ने काम गरेको छ। पूँनहिलले उसको धैर्यता, नेतृत्व क्षमता र आन्तरिक शक्ति अझ मजबुत बनाएको छ।

निब्‌को यस उपलब्धिलाई वीरगंज तथा आसपासका समुदायले आत्मीयता र उत्साहका साथ स्वागत गरेका छन्। स्थानीय तहमा पनि यो सफलता बालबालिकालाई प्रकृतिप्रेम, साहसिक गतिविधि तथा स्वस्थ जीवनशैलीप्रति आकर्षित गर्ने प्रेरणास्रोत बन्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...