12 July ,2026,Sunday

इन्जिनियरिङ र एमबिबिएस अध्ययनका लागि अल्पाइन माविद्वारा विद्यार्थीहरुलाई तीन लाख नगद छात्रवृत्ति प्रदान

वीरगंज, ६ मंसिर । अल्पाइन हाइ स्कूल प्लस टु साइन्स म्यानेजमेन्टका तीनजना विद्यार्थीलाई जनही रू एक-एक लाख नगद छात्रवृत्तिबापत वितरण गरिएको छ ।

विद्यालयले शनिवार वीरगंजमा फेशर्स फिएस्टा–२०२५ कार्यक्रम आयोजना गरी दुईजना एमबिबिएस र एकजनालाई इन्जिनियरिङ अध्ययनको लागि एक/एक लाख गरी तीन लाख नगद चेक विद्यार्थीका परिवारलाई हस्तान्तरण गरिएको थियो।

अल्पाइन हाइ स्कूल प्लस टु साइन्स म्यानेजमेन्टबाट अध्ययन गरी एमबिबिएस अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्राप्त गरेका सुनील कुमार यादव, शुभमकुमार सुडी र आइओई पुल्चोक इन्जिनियरिङ छात्रवृत्ति प्राप्त गरेका प्रशान्त मण्डललाई अल्पाइनका अध्यक्ष विनोद उपाध्याय, निर्देशक विशाल उपाध्याय र प्रधानाध्यापक विक्रम उपाध्यायले संयुक्तरूपमा रू एक–एक लाखको चेक हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा मन्तव्य राख्दै अध्यक्ष विनोद उपाध्यायले एमबिबिएस र इन्जिनियरिङ छात्रवृत्तिधारकहरूलाई उनीहरूको परिवारसहित एक लाख पुरस्कार वितरण गर्न पाउँदा खुशी लागेको बताए । उनले विद्यालयको उद्देश्य विद्यार्थीहरूलाई अगाडि बढाउन प्रेरणा प्रदान गर्नु रहेको बताए। उनले हामी ती विद्यार्थीका परिवारहरूलाई हाम्रो फेशर्स फिएस्टा २०२५ मा सामेल भएर यो अवार्ड लिएकोमा धन्यवाद समेत दिए ।

कार्यक्रमको प्रमुख अतिथि मारूती फर्माका मैनेजिङ डाइरेक्टर प्रभात रूंगटा, अतिथिहरू सुनील चौरसिया, शिक्षक, विद्यार्थीलगायतको सहभागीता थियो ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...