23 November ,2025,Sunday

वीरगंज–रक्सौल मितेरी पुल क्षेत्रमा मेयर राजेशमान सिंहद्वारा वृक्षारोपण, हरियाली अभियानको २२औँ दिन सम्पन्न

अभिलाष गुप्ता

वीरगंज, ०७ मंसिर ।  वीरगंज महानगरपालिका–१६ अन्तर्गत पर्ने रक्सौल–वीरगंज मितेरी पुल क्षेत्रको हरियाली र सौन्दर्यकरणलाई अझ प्रभावकारी बनाउन आज नगर प्रमुख मेयर राजेशमान सिंहले वृक्षारोपण गर्दै हरियाली तथा स्वच्छता अभियानको शुभारम्भ गर्नुभएको छ। हरियाली संरक्षण, पर्यावरणीय स्वच्छता तथा सीमाक्षेत्रको दीर्घकालीन सौन्दर्यकरणलाई मुख्य उद्देश्य बनाएर सञ्चालन भइरहेको सफाइ तथा वृक्षारोपण अभियान आज २२औँ दिनमा पुगेको छ।

यो अभियान वीरगंज महानगरपालिका, सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर्स पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा तथा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर–१० को संयुक्त पहलमा निरन्तर रूपले सञ्चालन हुँदै आएको छ। अभियानअन्तर्गत आज मेयर सिंहले १० देखि १५ फिट उचाइको बिरुवा रोपेर कार्यक्रमलाई निरन्तरतासाथ अघि बढाउनु भएको हो।

सीमाक्षेत्रमा बढ्दो शहरीकरणका बीच वातावरणीय सन्तुलन कायम राख्ने, हरियाली संरक्षणलाई संस्थागत बनाउने तथा क्षेत्रको दीर्घकालीन सौन्दर्यकरणलाई निरन्तरता दिने उद्देश्यका साथ यो अभियान सक्रिय रूपमा सञ्चालन हुँदै आएको छ।

अभियानले २२ दिनदेखि दैनिक रूपमा सफाइ, वृक्षारोपण तथा जनचेतनामूलक गतिविधि सञ्चालन गर्दै स्थानीयवासी र सुरक्षाकर्मीको सक्रिय सहभागिता सुनिश्चित गर्दै आएको छ। मेयर सिंहले यस्ता गतिविधिले बीरगंज–रक्सौल सीमाक्षेत्रलाई थप स्वच्छ, हरियालीयुक्त र व्यवस्थित शहरको नमूना बनाउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...