23 November ,2025,Sunday

मधेस प्रदेशमा स्वास्थ्य कार्यालय पर्सा पहिलो स्थान हासिल

वीरगंज ७ मंसिर । मधेस प्रदेशमा स्वास्थ्य कार्यालय पर्साले पहिलो स्थान हासिल गरेको छ।

आइतवार जनकपुरमा आयोजित प्रदेशस्तरीय वार्षिक समीक्षात्मक गोष्ठीमा मुख्यमन्त्री सरोजकुमार यादवले स्वास्थ्य कार्यालय पर्साका निमित्त प्रमुख विनोद झालाई प्रमाणपत्रसहित सम्मान गरेका हुन् ।

मधेस प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेशका ८ जिल्लाका स्वास्थ्य कार्यालयहरूको वार्षिक कार्यसम्पादन मूल्यांकन गर्दै आएको छ, जसमा आर्थिक वर्ष २०७८।७९ देखि २०८१।८२ सम्म पर्सा निरन्तर प्रथम बन्दै आएको हो। आर्थिक वर्ष २०८१।८२ को मूल्यांकनमा पनि स्वास्थ्य कार्यालय पर्साले ८७ अङ्क प्राप्त गर्दै पुनः पहिलो स्थान सुरक्षित गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। सोही मूल्यांकनमा स्वास्थ्य कार्यालय सर्लाही दोस्रो र महोत्तरी तेस्रो भएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...