24 November ,2025,Monday

स्रोत नखुलेको १५ लाख हुण्डीको रकम सहित एक जना पक्राउ

वीरगंज, ०८ मंसिर । स्रोत नखुलेको १५ लाख हुण्डीको रकम सहित एक जना पक्राउ परेका छन् ।
पर्सा जिल्लाको पकाहामैनपुर वडा नं.१ बस्ने वर्ष ३४ को अवधेश पटेललाई आइतवार चेकजाँचमा खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको जनाएको छ ।
भारतबाट आँउदै गरेका पटेलले हाँकेको बीआर २२ ए एफ ४१२६ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्दा झोलाबाट नगद १५ लाख रुपियाँँ फेला परेको पर्साका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी गराएका छन् ।
पटेलको साथबाट प्रहरीले हजारको नोट ७९० थान, ५०० दरका नोट १३०१ थान, सयको ५६९ थान रु ५० को ५० नोट गरी जम्मा १५ लाख रकम सहित पक्राउ गरेको बस्नेतले बताए । रकम र मोटरसाइकलसहित नियन्त्रणमा लिइएका पटेललाई प्रहरी हिरासतमा राखेर उनिविरूद्ध मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को क बमोजिम कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी गराएको छ ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...