26 November ,2025,Wednesday

विश्व हिन्दू परिषद् नेपालद्वारा वीरगंजमा ५०० सनातनी परिवारलाई भगवा ध्वज तथा शुभकामना पत्र वितरण

अभिलाष गुप्ता

वीरगंज, ०९ मंसिर । विश्व हिन्दू परिषद् नेपाल, वीरगंज महानगर समिति द्वारा श्री सीताराम विवाह महोत्सव तथा भारतको अयोध्यास्थित भव्य श्रीराम मन्दिरको शिखरमा धर्मध्वज स्थापना भएको पवित्र अवसरमा मंगलबार एक विशेष धार्मिक कार्यक्रम सम्पन्न गरिएको छ।

उक्त अवसरमा परिषद्का पदाधिकारी तथा स्वयंसेवकहरू विभिन्न टोल–बस्तीमा पुग्दै वीरगञ्ज महानगरका करिब ५०० भन्दा बढी सनातनी परिवारहरूका घरमा भगवा ध्वज र शुभकामना पत्र वितरण गरेका छन्। परिषद्का अनुसार यो अभियानको उद्देश्य सनातन धर्मप्रति जनमानसमा आस्था, एकता र धार्मिक चेतना जगाउनु रहेको छ।अभियानमा सहभागी स्थानीय युवा, महिला समूह तथा धार्मिक व्यक्तित्वहरूले घर–घरमा पुगेर धर्मध्वज वितरण मात्र नभई श्रीरामको आदर्श, मर्यादा र धर्मध्वजको सांस्कृतिक महत्वबारे संक्षिप्त जानकारी पनि दिएका थिए।

कार्यक्रमका संयोजकहरूले भने— “अयोध्यास्थित श्रीराम मन्दिरमा धर्मध्वज स्थापना सम्पूर्ण सनातनीहरूका लागि गौरव र उत्साहको विषय हो। यसैको उल्लासमा वीरगञ्जका घर–घरमा भगवा ध्वज फहराउँदै धार्मिक एकता र सांस्कृतिक गौरवलाई सशक्त बनाउँदैछौं।”

स्थानीय बासिन्दाहरूले पनि विश्व हिन्दू परिषद्को यस पहलको स्वागत गर्दै आफ्नो घरमा भेटिएको भगवा ध्वजलाई श्रद्धापूर्वक आरोहण गर्ने प्रतिवद्धता जनाएका छन्।

कार्यक्रमलाई सफल बनाउने उद्देश्यले परिषद्का कार्यकर्ताहरूले विभिन्न वडाहरूमा टोली बनाएर वितरण कार्य निरन्तरता दिएका थिए। अभियान आगामी दिनहरूमा अन्य क्षेत्रहरूमा पनि विस्तार गरिने जानकारी परिषद्ले दिएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...