29 November ,2025,Saturday

रास्वपा पर्साद्वारा समानुपातिक उम्मेदवारी दिन आह्वान

वीरगंज, १२ मंसिर ।  राष्ट्रिय स्वतन्त्र पार्टीले मधेश प्रदेशमा पनि प्रतिनिधिसभा सदस्य समानुपातिक उम्मेदवारीको लागि सार्वजनिक रूपमा आह्वान गरेको छ ।
शुक्रवार पर्साको वीरगंजमा रास्वपा पर्सा जिल्ला कार्यसमितिले पत्रकार सम्मेलनको आयोजना गर्दै उम्मेदवारीको लागि आह्वान गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका अध्यक्ष हरि पन्तले रास्वपाको समानुपातिक छनोट प्रक्रिया अरू पुराना दलभन्दा बिलकुल फरक र पूर्ण रूपमा वैज्ञानिक र पारदर्शी हुने बताए । उनले रास्वपाले सम्पूर्ण देश, मधेश र पर्सा जिल्लामा छरिएर रहेका क्षमतावान, योग्य, विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेकाहरूलाई समानुपातिक कोटाबाट सांसदसम्म पुर्याउने बताए ।
सभापति पन्तले पुराना दलहरूले समानुपातिक निर्वाचन प्रणालीको मर्मविपरीत आफन्त र आफ्ना नजिकका कार्यकर्ताहरूलाई समानुपातिकमा पठाउने गरेकोले रास्वपाले त्यसलाई पुर्णरूपमा चिर्दै पारदर्शी रूपमा छनौट गर्न लागेको बताए ।
देशको लागि केही गर्न अठोट बोकेका तर पुराना राजनीतिक दल अनि तिनीहरूको पार्टीगत संरचना अन्तर्गत प्रतिनिधिसभासम्म पुग्न नसकेकाहरूको निमित्त रास्वपाले यो मौका दिन लागेको पनि उनले बताए ।  सभापति पन्तले रास्वपाले समानुपातिक निर्वाचनको उम्मेदवार छनोट प्रक्रिया पूर्णरूपमा निष्पक्ष र पारदर्शी हुने पनि बताए ।
पर्सा जिल्ला सभापति पन्तको अध्यक्षतामा सम्पन्न पत्रकार भेटघाट कार्यक्रमको सहजीकरण  रास्वपा मधेस प्रदेशका प्रचार विभाग प्रमुख राम सरार्फले गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...