अभिलाष गुप्ता
वीरगंज, १२ मंसिर । विद्या सदन सेकेन्डरी स्कूलद्वारा आयोजित VSPowerPlay T20 Challenge Birgunj School Cup 2082 एक विशेष समारोहका बीच आजदेखि सुरु भएको छ। उद्घाटन कार्यक्रममा प्रमुख अतिथि पर्सा क्रिकेट संघका अध्यक्ष मनिस सिंह तथा विशेष अतिथि NPABSAN पर्साका अध्यक्ष रामकुमार श्रेष्ठको उपस्थिति रहेको थियो।
आयोजक लालबहादुर गुरुङले अतिथिहरूलाई स्वागत गर्दै प्रतियोगिताको उद्देश्य, विद्यार्थीस्तरमा खेलकुद प्रवर्धन तथा क्रिकेट प्रतिभा पहिचानमा यस प्रतियोगिताले पुर्याउने योगदानका बारेमा प्रकाश पार्नुभयो। उद्घाटन समारोह पारम्परिक दियो बालेर सम्पन्न गरिएको थियो।
कार्यक्रममा दुवै अतिथिहरूले सहभागी टिमहरूलाई शुभकामना व्यक्त गर्दै विद्यालयस्तरका प्रतियोगिताले खेलाडीको व्यक्तित्व विकास र खेल भावना अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। प्रतियोगिताको औपचारिक सुरुवात मुख्य अतिथिद्वारा ब्याटिङ र विशेष अतिथिद्वारा बलिङ गरी गरियो।
आजका खेल परिणाम पहिलो खेल ग्रीन ल्यान्ड सेकेन्डरी स्कुलले बिधा सदन सेकेन्डरी स्कुल लाई २६ रनले पराजित गर्दै विजयी भयो।
म्यान अफ द म्याच ग्रीन ल्यान्ड सेकेन्डरी स्कुलका सोहेब सेख भएका थिए भने दोस्रो खेलमा गौतम सेकेन्डरी स्कुलले ज्ञयानउदय सेकेन्डरी स्कुल लाई १७ रनले हराउँदै जित दर्ता गर्यो।म्यान अफ द म्याच गौतम सेकेन्डरी स्कुलका साहिल हुसैन भएका थिए।
भोलिका निर्धारित खेलहरू बाल एकता सेकेन्डरी स्कुल र साउथ जोन सेकेन्डरी स्कुल बिच हुने छ।भने अर्को खेल बिधा सदन सेकेन्डरी स्कुल र गौतम सेकेन्डरी स्कुल बिच हुने छ।आयोजक विद्या सदन से. स्कूलका अनुसार प्रतियोगिता भोलिदेखि पनि समान उत्साह र अनुशासनका साथ सञ्चालन हुँदै जानेछ।



