29 November ,2025,Saturday

इन्टर कलेज वाद–विवाद प्रतियोगिताः ब्राइट +2 कलेजबाट इरसाद देवान र शिवानी शर्मा फाइनलका लागि चयन

अभिलाष गुप्ता

वीरगंज, १२ मंसिर । लायन्स क्लब वीरगंज परिवार, लायन्स क्लब वीरगंज सेन्ट्रल सिटी, लायन्स क्लब वीरगंज मेट्रो सिटी, लायन्स क्लब वीरगंज फ्रेन्डजोन, लायन्स क्लब वीरगंज कुटुम्ब र लायन्स क्लब वीरगंज एक्सिलेन्सको संयुक्त आयोजनामा सञ्चालित इन्टर कलेज वाद–विवाद प्रतियोगिताको चौथो चरण आज ब्राइट +2 कलेज, वीरगंजमा सम्पन्न भयो ।

१० वटा कलेजबीचको छनोट श्रृंखलाअन्तर्गत आजको प्रतियोगितामा ४ महिला र ४ पुरुष विद्यार्थीहरुले “डिजिटल युगमा सामाजिक सञ्जाल : युवावर्गका लागि प्रेरणा कि मानसिक तनाव?” विषयमा प्रतिस्पर्धा गरेका थिए। प्रतिस्पर्धाबाट कक्षा ११ की छात्रा इरसाद देवान तथा कक्षा ११ का छात्र शिवानी शर्मा विजेता घोषित हुँदै महिला र पुरुषतर्फबाट एक–एक जनालाई फाइनल राउन्डका लागि चयन गरिएको हो ।कार्यक्रमको अध्यक्षता लायन्स क्लब वीरगंज कुटुम्बकी अध्यक्ष लायन रचना प्याकुरेलले गर्नुभएको थियो। प्रमुख अतिथि 1st Vice District Governor लायन राम बिहारी पाण्डे, विशिष्ट अतिथि उद्योग वाणिज्य संघका मनोज उपाध्याय, District Executive Chief लायन बासु तिमल्सिना, District Chief लायन श्याम गुप्ता, Region Chair person तथा कार्यक्रम संयोजक लायन सन्दिप गुप्ता कानु, लायन्स परिवारका विभिन्न क्लबका अध्यक्ष तथा पदाधिकारी, कलेजका डाइरेक्टर मनोज गुप्ता, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थितिमा कार्यक्रम भव्यरूपमा सम्पन्न भयो ।

आयोजकहरूका अनुसार प्रतियोगिताको आगामी चरण चाँडै अन्य कलेजहरूमा निरन्तर रूपमा सञ्चालन हुँदै फाइनल राउन्डमा प्रवेश गर्ने प्रतिभाहरूको चयन प्रक्रिया जारी रहने छ ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...