13 July ,2026,Monday

बहुवरी ड्राइपोर्ट चोकबाट एक पुरुषको उद्धार, मानवसेवा आश्रममा उपचार तथा संरक्षण

अभिलाष गुप्ता

वीरगंज, १५ मंसिर । पर्सा जिल्लाको वीरगंज महानगरपालिका–२५ स्थित बहुवरी ड्राइपोर्ट चोकबाट मानसिक अवस्था कमजोर रहेको एक पुरुषलाई मानवसेवा आश्रम बिरगंज शाखाले सोमबार उद्धार गरेको छ। दिउँसो करिब ३:१५ बजे आश्रमको टोलीले अन्दाजी ३५ वर्ष उमेरका ती पुरुषलाई उद्धार गरी सुरक्षित रूपमा आश्रममा पुगेको जानकारी दिएको छ। उद्धार गरिएको व्यक्तिले आफ्नो नाम–थर स्पष्ट बताएनन् भने मानसिक रूपमा अस्वस्थ देखिएका थिए।

उद्धार कार्यमा मानवसेवा आश्रम वीरगंजका संस्थापक अभियन्ता देवेश गुप्ता, आश्रमकी संयोजक मुना मगर, आश्रममा सेवारत प्रहरी जवान नगेश्वर यादव, तथा प्रहरी चौकी श्रीसियाका प्रहरीको सक्रिय सहभागिता रहेको थियो।

आश्रममा लगेपछि ती पुरुषको नुहाइ–धुहाइ तथा आवश्यक सरसफाइ गराई प्रारम्भिक हेरचाह गरिएको आश्रमले जनाएको छ। त्यसपछि डा. भरत गोईको निगरानीमा स्वास्थ्य परीक्षण तथा आवश्यक औषधोपचार सुरु गरिने बताइएको छ।

मानवसेवा आश्रमले सडकमा उद्देश्यहीन रूपमा बसेका, मानसिक असन्तुलन भएका तथा असहाय व्यक्तिहरूको उद्धार, उपचार र पुनर्स्थापनामा निरन्तर रूपमा काम गर्दै आएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...