13 July ,2026,Monday

पर्साको सीमावर्ती क्षेत्रमा कडाइ

वीरगंज, १७ मंसिर । जिल्ला प्रशासन कार्यालय पर्साले सीमावर्ती नाकाबाट विदेशी नागरिकको अवैध ढङ्गबाट हुनसक्ने प्रवेशलाई लक्षित गर्दै सुरक्षा जाँचमा कडाइ गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले अवैध रूपमा विदेशी नागरिक आउनसक्ने भएकाले आवश्यक सतर्कता अपनाइएको बताउनुभयो ।
“शङ्कास्पद व्यक्ति, समुदाय जिल्लाभित्र प्रवेश गरेको आवस्थामा त्यस्ता व्यक्ति तथा समुदायका सम्बन्धमा नजिकको सुरक्षा निकायलाई जानकारी गराउन अनुरोध गर्दछौँ”, उहाँले भन्नुभयो, “त्यस्ता परिचय नखुलेका अपरिचित व्यक्ति, समुदायलाई घरमा बसोबास गर्न नदिन, कुनै कामकाजमा नलगाउनहुन जिल्ला सुरक्षा समितिको निर्णयानुसार आमसर्वसाधारणलाई अनुरोध गरिन्छ ।”
पर्साको १०७ किलोमिटर क्षेत्र छिमेकी मुलुकसँग खुला सीकानाका जोडिएको छ ।
प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...