2 August ,2026,Sunday

बुर्का लगाइ नेपाल लैजाँदै गरिएको सोनी कुमारी (काल्पनिक नाम) मानव तस्करी प्रयासबाट उद्धार

अभिलाष गुप्ता

रक्सौल, पूर्वी चम्पारण १८ मंसिर ।  मानव तस्करी रोधी इकाई (AHTU), SSB को BIT 47 वी वाहिनी तथा प्रयास जैक सोसाइटी (NGO) को संयुक्त टोलीले बुर्का लगाइ जबरजस्ती नेपाल लैजाँदै गरिएको एक नाबालिग किशोरीलाई सुरक्षित उद्धार गरेको छ। उद्धार मैत्री पुल (रक्सौल) नजिक संदेहका आधारमा गरिएको जाँचपछि सम्भव भएको हो ।

टोलिले जाँचका क्रममा एक पुरुष र साथमा बुर्का लगाएकी किशोरीलाई रोकेर प्रारम्भिक सोधपुछ गर्दा पुरुषले आफूलाई मोहम्मद अजमुल्ला अली र किशोरीलाई सलीमा बेगम बताउँदै झूठो जानकारी दिएको थियो। तर अनुसन्धानमा पुरुष मुस्लिम समुदायको र किशोरी हिन्दू समुदायको रहेको तथा उनलाई जबरजस्ती बुर्का लगाइ इस्लाम धर्म अपनाउन बाध्य बनाइएको खुलासा भयो ।

सोसल मिडियाबाट प्रेमजालमा फसाई विवाह तथा रोजगारीको प्रलोभन

अलग–अलग काउन्सिलिङ तथा सोधपुछ गर्दा पत्ता लाग्यो कि आरोपित अजमुल्ला अली पश्चिम चम्पारण, बिहारको बासिन्दा हो। उसले सोसल मिडियामार्फत किशोरीलाई प्रेम सम्बन्धमा फसाई १३/११/२५ का दिन घरबाट भगाई गुरुग्राम (हरियाणा) लगेको र विवाहको नाममा शारीरिक शोषण गरेको पीडितले बताइन् ।

काउन्सिलिङमा नाबालिगले खुलासा गरेअनुसार, आरोपितले धर्म परिवर्तन गर्न दबाब दिँदै इस्लामिक रीति–रिवाज अपनाउन मजबुर पारेको र गुरुग्राममै विवाह गरिएको दाबी गरेको थियो। किशोरीका अभिभावकले आफ्नी छोरी अपहरण भएको भन्दै स्थानीय प्रहरीमा उजुरी दिएका थिए ।

उजुरीको जानकारी पाएपछि आरोपित पुलिसबाट बच्न हरियाणाबाट नेपाल भाग्ने योजना बनाएको र पहिले दुबईमा काम गरेको पनि खुलेको छ। अनुसन्धानबाट यो घटना पहिलेबाट योजनाबद्ध मानव तस्करी तथा शोषणको प्रयास भएको प्रष्ट हुन्छ ।

आगामी कारबाहीलाई लिएर दुवै जनालाई प्रहरीमा बुझाइयो

उद्धारपछि नाबालिग किशोरी तथा आरोपी पुरुष दुवैलाई आवश्यक कानूनी कारबाहीका लागि रक्सौलस्थित हरैया थानामा बुझाइएको छ ।

उद्धार टोलीमा उपस्थित AHTU इन्स्पेक्टर विकास कुमार,खेमराज,विभा कुमारी,लाभा पी.,के. इन्द्रा,सदर मोनिका,प्रयास जुभेनाइल एड सेन्टर (पूर्वीचम्पारण) की परियोजना समन्वयक आरती कुमारी,सामाजिक कार्यकर्ता राज गुप्ता लगाएतकाको संयुक्त प्रयासले अर्को सम्भावित मानव तस्करी तथा धर्म परिवर्तनमार्फत हुने दुव्र्यवहारबाट नाबालिगलाई बचाउन सफल भएको छ ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...