अभिलाश गुप्ता
वीरगंज, १९ मंसिर । आजको कक्षा एकदमै विशेष रह्यो, जहाँ स–साना नानी–बाबुहरू रमाइलो, सिर्जनात्मकता र उत्साहले भरिपूर्ण फन–फुड गतिविधिमा सहभागी भए। बिरगंजस्थित गौतम स्कुलले कक्षा–२ का बालबालिकाहरूलाई लक्षित गर्दै आयोजना गरेको यस कार्यक्रमले उनीहरूको सिर्जनात्मक सोच, सिक्नेअ शैली र समूहमा काम गर्ने क्षमता विकास गर्न सहयोग पुर्याएको विद्यालयले जनाएको छ।
कार्यक्रममा विद्यार्थीहरूले आफ्नै तरिकाले सजावट गरिएको फुड आइटमहरू तयार पारे, साथीहरूसँग बाँडे र खुशीसहित प्रस्तुत गरे। रंगीन वातावरण, बालबालिकाको मुस्कान र उत्साहले पूरा कक्षा झनै आकर्षक र जीवन्त बनेको थियो।

विद्यालयका अनुसार यस्ता गतिविधिहरूले विद्यार्थीहरूमा आत्मविश्वास, कलात्मकता र व्यावहारिक शिक्षाको विकासमा महत्वपूर्ण भूमिका खेल्छ । सिकाइलाई रमाइलो बनाउँदै अगाडि बढ्ने उद्देश्यले विद्यालयले आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्ने जनाएको छ।
अभिभावक तथा शिक्षकहरूले साना नानीहरूले देखाएको सृजनात्मकता र सहभागिताको प्रशंसा गर्दै विद्यालयको पहललाई सराहना गरेका छन्।
गौतम स्कुल द्वारा कक्षा–२ को फन–फुड कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ, र आजका रमाइला झलकहरूले बालमष्तिष्कमा सकारात्मक र खुसी क्षणहरू थपिदिएको विद्यालयले विश्वास व्यक्त गरेको छ



