6 December ,2025,Saturday

नेपालले आँखा उपचारमा गुणस्तरीय सेवा दिँदै आएको छः पूर्वराष्ट्रपति यादव

वीरगंज, २० मंसिर ।  पूर्वराष्ट्रपति डा रामवरण यादवले नेपालले आँखा उपचारमा गुणस्तरीय सेवा दिँदै आएको बताउनुभएको छ । वीरगंज दृष्टि आँखा, नाक, कान र घाँटी अस्पतालको नवनिर्मित भवनको आज यहाँ उद्घाटन गर्दै उहाँले भारतको उत्तरी राज्यभन्दा नेपालको आँखा उपचार विशिष्टकृत र अब्बल रहेको बताउनुभयो ।
“पञ्चायतकालपछि नेपालले आँखा उपचारमा गुणस्तरीर र प्रभावकारी सेवा दिँदै आएरहेको छ”, प्रथम राष्ट्रपति यादवले भन्नुभयो, “भारतको विहार, उत्तरप्रदेश, बङ्गाल लगायत राज्यका बिरामी पनि गुणस्तरीय आँखाको उपचार गर्नका लागि यहाँ आउने उदाहरणले पनि यहाँको सेवा विकासबारे प्रस्टाउँछ । यी हाम्रा लागि सकारात्मक उपलब्धि हुन् ।”
उहाँले चिकित्सक, नर्स र स्वास्थ्यकर्मीले बिरामीलाई गुणस्तरीय सेवा प्रवाह गरिरहेकाले यसलाई थप सुधार गर्दै लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो । “चिकित्सक र स्वास्थ्य कर्मीसँग ठूलो अपेक्षा राखेर बिरामी उपचार गर्न आएका हुन्छन् । त्यसैले पनि यो पेसामा संलग्न हुनेले स्तरीय सेवा दिन पछि हट्नुहुँदैन ।”
प्रथम राष्ट्रपति यादवले चिकित्सक पेसा पैसा कमाउनेभन्दा पनि मानवीय सेवाबाट प्रभावित हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । “चिकित्सा पवित्र पेसा हो, यसमा मानिसले पूर्ण विश्वास गरेका हुन्छन्”, उहाँले भन्नुभयो, “पैसा कमाउने अन्य पेसा पनि भएकाले यसलाई बद्नाम नगरी मानव र समाज सेवामा केन्द्रित हुनुपर्छ ।”
अस्पतालका कार्यकारी निर्देशक भाइराजा श्रेष्ठले अस्पतालले नवनिर्मित अत्याधुनिक भवनबाट आँखा, नाक, कान, घाँटीलगायत उपचार सेवा दिँदै आएको जानकारी दिनुभयो । “विगत एक दशकमा यहाँबाट १३ लाखभन्दा बढी बिरामीको उपचार भइसकेको छ । जसमा आँखाको मात्रै शैल्याक्रिया एक लाखभन्दा बढी बिरामीको गरेका छौँ”, उहाँले भन्नुभयो । आगामी दिनमा सेवा विस्तारसँगै थप गुणस्तरीय सेवा प्रवाहमा जोड दिने उहाँको योजना छ ।
अस्पतालका मेडिकल निर्देशक हरि शर्माले पैसाको अभावमा कोही पनि बिरामी दृष्टिविहीन हुन नपरोस् भन्ने भावनाले उपचार गराउँदै आइरहेको बताउनुभयो । आँखासम्बन्धी विशेषज्ञ चिकित्सक राधाकृष्ण कोइराला र वीरसिंह थापालाई सोही अवसरमा सम्मानित गरिएको थियो । अस्पतालका अध्यक्ष विश्वराज गौतमले अस्पतालले आगामी दिनमा बिरामीका लागि अत्याधुनिक सेवा प्रवाह गर्दै जाने प्रतिबद्धता जनाउनुभयो । रासस
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...