13 July ,2026,Monday

वीरगंजमा कर्पोरेट तथा वित्तीय संस्थाहरूबीच क्रिकेट प्रतियोगिता भव्यरूपमा प्रारम्भ : मेयर राजेशमान सिंहको प्रमुख आतिथ्यमा उद्घाटन

अभिलाष गुप्ता

वीरगंज, २० मंसिर । लायन्स क्लब वीरगंज परिवार र बीरगंज स्पोर्ट्स एकाडेमीको संयुक्त आयोजनामा आज आदर्शनगर रंगशालामा ‘6th Corporate Super Six Cricket Tournament–2082’ को उद्‌घाटन समारोह भव्यरूपमा सम्पन्न भएको छ। कार्यक्रममा सभापतित्व लायन नरोत्तम पाण्डेले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा बीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह उपस्थित रहनुभएको थियो ।समारोहमा स्पोर्ट्स एकाडेमीका अध्यक्ष सन्दिप गुप्ता, लायन्स डिस्ट्रीक्टका पूर्व गभर्नर लायन डाक्टर रमेश कुमार अग्रवाल, पूर्व डिस्ट्रीक्ट गभर्नर लायन देवकी नन्दन अग्रवाल, फस्ट भाइस डिस्ट्रीक्ट गभर्नर लायन रामबिहारी पाण्डे, डिस्ट्रीक्ट एक्ज्युटिभ चिफ लायन बासु तिमल्सिना, डिस्ट्रीक्ट एक्ज्युटिभ चिफ लायन रिकेश साह, डिस्ट्रीक्ट एक्ज्युटिभ चिफ लायन उमेश शर्मा, डिस्ट्रीक्ट चिफ लायन श्याम गुप्ता, एरियाचिफ लायन रामेश्वर गुप्ता, बिएसएका प्रमोद गुप्ता, नरेश रौनियार लगायत पदाधिकारी, खेलप्रेमी तथा सरोकार वालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।उद्‌घाटन लगत्तै प्रतियोगिताको प्रारम्भिक चरण अन्तर्गत आज मात्र १२ खेल सम्पन्न भए । बैंक, फाइनान्स तथा विभिन्न कर्पोरेट संस्थाबाट २४ टिमले सहभागीता जनाएका छन्।

आजको खेलमा पतञ्जली, प्रेस्टिज र शिखर इन्स्योरेन्सले उत्कृष्ट प्रदर्शन गर्दै आगामी शनिबार आयोजना हुने सुपर–८ चरणका लागि स्थान सुरक्षित गरेका छन् ।

यसैबीच बाँकी खेलहरू पुस २७ गते सम्पन्न गरिने र सोही दिन फाइनल खेल पनि आयोजना गरिने जानकारी बीरगंज स्पोर्ट्स एकाडेमीका अध्यक्ष सन्दिप गुप्ताले दिनुभयो ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...