7 December ,2025,Sunday

उप–प्रमुख इम्तियाज आलमद्वारा भेडीयाही (वडा न. १५) स्थित सार्वजनिक जग्गाको स्थलगत निरीक्षण, स्थानिय युवाका लागि क्रिकेट मैदान निर्माणतर्फ पहल

वीरगंज, २० मंसिर । वीरगंज महानगरपालिकाका उप–प्रमुख इम्तियाज आलमले वडा नं. १५ भेडीयाहीस्थित सार्वजनिक जग्गाको आज स्थलगत निरीक्षण गरेका छन् । स्थानीय युवाहरूको माग अनुसार उक्त स्थललाई क्रिकेट खेल्न उपयुक्त मैदानका रूपमा विकास गर्ने उद्देश्यले निरीक्षण गरिएको हो ।

निरीक्षणका क्रममा उप–प्रमुख आलमले युवालाई खेलकुदतर्फ आकर्षित गर्न तथा प्रतिभा निखार्न आवश्यक पूर्वाधार निर्माण महानगरको प्राथमिकता मा रहेको बताए । उनले खेल मैदान निर्माणका लागि महानगरपालिकाले आवश्यक सहयोग र समन्वय गर्न तयार रहेको समेत स्पष्ट पारे ।निरीक्षण कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं. १ का कार्यवाहक क्षेत्रीय सभापति अनिल प्रसाद सिंह, पूर्व वडा अध्यक्ष गजेन्द्र पटेललगायत वडा प्रतिनिधि, स्थानीय समाजसेवी तथा युवाहरूको सक्रिय उपस्थिति रहेको थियो । स्थानीय युवाहरूले खेल मैदान नहुँदा वर्षौंदेखि समस्या भोग्दै आएको बताउँदै शीघ्र निर्माण कार्य अघि बढाइदिन आग्रह गरेका थिए ।

उप–प्रमुख आलमले युवाहरूको माग उचित रहेको बताउँदै जल्दै आवश्यक प्रक्रिया पूरा गरी उक्त सार्वजनिक जग्गालाई व्यवस्थित क्रिकेट मैदानका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...