13 July ,2026,Monday

सामुदायिक रेडियो नारायणी एफएमको २० औं वार्षिकोत्सवमा समाचार वाचन प्रतियोगिता सम्पन्न, माधव तिमिल्सिना प्रथम

अभिलाष गुप्ता

 वीरगंज, २१ मंसिर  । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ । प्रतियोगितामा सहभागी प्रतिस्पर्धीहरूलाई पछाडि पार्दै माधव तिमिल्सिनाले पहिलो स्थान हासिल गरेका छन् ।

प्रतियोगितामा माधव तिमिल्सिना प्रथम, लक्ष्मी खरेल द्वितीय र सुर्यनारायण विक तृतीय घोषित भएको नारायणी एफएमले जनाएको छ। तिमिल्सिनाले नगद २० हजार, खरेलले १५ हजार तथा विकले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।यस्तै, उत्कृष्ट प्रदर्शनका आधारमा सुरेश बिडारी, बिमला गुप्ता र आर्जु देवकोटालाई जनही ५/५ हजार रुपैयाँको सान्त्वना पुरस्कार प्रदान गरिएको छ । २०औं वार्षिकोत्सव समारोह वीरगन्ज महानगरपालिका प्रमुख राजेशमान सिंहको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेस प्रदेशका लेखा समिति संयोजक केसी लामिछाने, महासंघका मधेस प्रदेश अध्यक्ष श्याम बन्जारा, पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, पर्सा प्रहरी प्रमुख सुदिपराज पाठक, सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादवलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता एफएमका कार्यकारिणी अध्यक्ष गोविन्द देवकोटाले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...