13 July ,2026,Monday

जगरनाथपुरमा निःशुल्क आँखा शिविर सम्पन्न, २७२ जना लाभान्वित – ८१ जनामा मोतियाविन्दको लक्षण

अभिलाष गुप्ता

वीरगंज, २२ मंसिर। आइतबार जगरनाथपुर गाउँपालिका–५ मदुवाहा स्थित श्री बाल विकास प्राथमिक विद्यालयको प्राङ्गणमा दाइजो तथा सामाजिक कुरीति विरुद्ध जागरण मञ्चको आयोजना तथा केडिया आँखा अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। यूवा नेता सुनिल मुखियाको अध्यक्षतामा सम्पन्न उक्त शिविरमा स्थानीयवासीको उल्लेखनीय उपस्थिती रहेको थियो । शिविरका प्रमुख अतिथि समाजसेवी बृजेश्वर प्रसाद चौधरी रहनुभएको थियो भने स्वागत मन्तव्य बृजेश पटेलले प्रस्तुत गर्नुभयो । त्यस्तै, शिविरका विशिष्ट अतिथि केडिया आँखा अस्पतालका शिविर समन्वयक डा. सन्तोष ठाकुरको यूनिट टोली रहेको थियो । साथै योगेन्द्र पटेल, फुलमती देवी, अजय साह लगायत स्थानीय समाज सेवी तथा सर्वसाधारणको राम्रो उपस्थिति रहेको थियो ।

शिविरमार्फत कुल २७२ जनाले आँखा स्वास्थ्य सेवा प्राप्त गरेका छन् । जाँचका क्रममा ८१ जनामा मोतियाविन्दका लक्षण पाइएको अस्पताल स्रोतले जनाएको छ । यस्तै ९६ जनालाई आवश्यकतानुसार निः शुल्क ड्रप वितरण गरिएको छ।मोतियाविन्द पुष्टि भएका बिरामीहरूको यसै हप्ता बुधबार र बिहीबार दुई चरणमा केडिया आँखा अस्पताल, परवानीपुरमा शल्यक्रिया गरिने जानकारी प्रमुख अतिथि चौधरीले दिनु भयो। बिरामीहरूको सहजताका लागि अप–डाउन आवागमन का लागि बसको व्यवस्था सहित सम्पूर्ण सेवासुविधा मिलाइएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...