10 December ,2025,Wednesday

अवैध कसमेटिक सामग्रीसहित दुई व्यापारी पक्राउ

अभिलाष गुप्ता

सिकटा, २३ मंसिर । भारत–नेपाल सीमानामा तैनाथ ४७ औँ वाहिनी सशस्त्र सीमा बल (SSB) का जवानहरूले नेपालतर्फ तस्करी हुन लागेको ठूलो परिमाणको कसमेटिक सामान सहित दुई व्यक्तिलाई नियन्त्रणमा लिएका छन् । विश्वसनीय गोप्य सूचनाका आधारमा बाह्य सीमा चौकी सिकटाले सञ्चालन गरेको संयुक्त विशेष अपरेसन अन्तर्गत ८ डिसेम्बर २०२५ मा सीमा स्तम्भ संख्या ४०९ नजिक, सिकटा बजार क्षेत्रमा उक्त कारबाही सम्पन्न गरिएको हो ।

गोप्य जानकारी अनुसार हीरो सुपर स्प्लेन्डर मोटरसाइकलमार्फत कसमेटिक सामान नेपाल पठाउने तयारी भइरहेको थियो । कमाण्डेन्ट, ४७ औँ वाहिनीको निर्देशनमा ई–कम्पनी SSB सिकटाले एक विशेष गस्ती टोली गठन गरी निगरानी बढाइएको थियो ।विशेष निगरानी अभियानका क्रममा सिकटा बजार वरिपरिका सबै सवारी साधनको कडाइका साथ जाँच भइरहेको थियो । सोही समयमा हीरो सुपर स्प्लेन्डर मोटरसाइकलमा दुई व्यक्तिलाई बीचमा ठूलो बोरा राखी सीमा स्तम्भ ४०९ तर्फ जाँदै गरेको देखियो। जवानहरूले रोक्न संकेत दिएपछि उनीहरूले भाग्ने प्रयास गरे, तर हतारमा मोटरसाइकल सहित लडे। त्यसपछि SSB टोलीले तत्कालै दुवैलाई नियन्त्रणमा लियो ।

बरामद कसमेटिक सामग्री बोरामा तलासी गर्दा निम्न सामग्री फेला पर्‍यो लेकमी ९ देखि ५ सि.सि. क्रीम ९ ग्रामको १२९६ थान, लेकमी पिच मिल्क क्रीम ५० ग्रामको ४३२ थान रहेको थियोे।यसका अतिरिक्त तस्करीमा प्रयोग भएको हीरो सुपर स्प्लेन्डर मोटरसाइकल पनि बरामद गरिएको छ। पक्राउ परेका व्यक्तिसँग कुनै वैध कागजात फेला परेन र उनीहरूले बरामद सामग्रीबारे सन्तोषजनक जवाफ दिन सकेनन् ।

बरामद सामग्री र पक्राउ परेका दुवै व्यक्तिलाई आवश्यक कानूनी कारबाहीका लागि भेेटिया कस्टम अफिसमा बुझाइइएको SSB ले जनाएको छ । कमाण्डेन्ट, ४७ औँ वाहिनीका अनुसार SSB भारत–नेपाल सीमा क्षेत्रमा लागुऔषध तस्करी, अवैध व्यापर तथा अन्य सीमा अपराध नियन्त्रणमा पूर्ण रूपमा प्रतिबद्ध छ । यही उद्देश्यले निरन्तर समन्वित र संयुक्त अभियानहरू सञ्चालन भइरहेका छन्, जसकै परिणामस्वरूप सीमा क्षेत्रमा अवैध गतिविधिहरूमा प्रभावकारी नियन्त्रण स्थापित भएको छ ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...