10 December ,2025,Wednesday

वीरगंजमा विद्यालय स्तरमा साइबर क्राइम जनचेतना कार्यक्रम सम्पन्न

अभिलाष गुप्ता

वीरगंज, २३ मंसिर । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र छपकैयाको आयोजनामा बिरगंजस्थित माउन्ट एडमन्ट सेकन्डरी स्कुल, ओम आश्रम श्रीपुरको प्राङ्गणमा कक्षा ९ र १० का विद्यार्थीहरूलाई लक्षित गर्दै साइबर क्राइम सम्बन्धी जनचेतना मूलक कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रम सामुदायिक सेवा केन्द्र छपकैयाँका अध्यक्ष ग्यासदिन ठकुराईको अध्यक्षतामा तथा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक एकनाथ भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न भयो। कार्यक्रममा स्कुल निर्देशक फजिल अहमदको विशेष उपस्थिति रहेको थियो ।कार्यक्रममा प्रमुख अतिथि प्रहरी निरीक्षक एकनाथ भट्टराईले साइबर सुरक्षाबारे महत्वपूर्ण जानकारी प्रदान गर्दै विद्यार्थीहरूलाई अनलाइन प्रयोगमा सचेत रहन आग्रह गरे । उनले भने साइबर अपराध आजको डिजिटल युगमा तीव्र रूपमा बढिरहेको समस्या हो । सामाजिक सञ्जालको दुरुपयोग, अनलाइन ठगी, ह्याकिङ जस्ता गतिविधि रोकथामका लागि विद्यार्थी स्वयं सचेत हुनुपर्छ । कुनै पनि प्रकारको शंका लाग्दो गतिविधि देखिएमा तुरुन्तै अभिभावक वा नजिकको प्रहरी कार्यालयलाई जानकारी गराउनुपर्छ ।

उनले अझै थपे अनलाइनमा मित्रता, भिडियो कल, लिंक क्लिक, अनचाहिँदो सामग्री डाउनलोड जस्ता काममा सावधानी अपनाउनु अत्यावश्यक छ । व्यक्तिगत गोप्य जानकारी कसैसँग पनि साझा नगर्नु नै पहिलो सुरक्षा हो ।कार्यक्रममा विद्यार्थीहरूले साइबर सुरक्षा, अनलाइन ठगी रोकथाम, डिजिटल foot prints, सुरक्षित पासवर्ड, तथा सामाजिक सञ्जालको जिम्मेवारीपूर्ण प्रयोगबारे विस्तृत जानकारी पाए।कार्यक्रम अन्त्यमा अतिथिहरूले विद्यार्थीहरूलाई जागरूक डिजिटल नागरिक बन्न आग्रह गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...