spot_img

17 February ,2026,Tuesday

पोखरिया–१ बनकटवामा निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु परीक्षण शिविर सम्पन्न, ५९ जनामा मोतियाबिन्दु पत्ता

अभिलाष गुप्ता

वीरगंज, २४ मंसिर । पोखरिया नगरपालिका–१ बनकटवा टोलमा लायन्स क्लब बीरगंज परिवार, लायन्स क्लब बीरगंज सेन्ट्रल सिटी तथा जोन चेयरपर्सन डा. लक्ष्मी थापाको सहयोगमा सञ्चालन गरिएको निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु परीक्षण शिविर सफलतापूर्वक सम्पन्न भएको छ।

राष्ट्रिय मुक्ति पार्टी नेपालका सह–महासचिव नेजामुद्दीन शमानी तथा नेपाली कांग्रेस नेतृ आशा देवीको पहलमा आयोजित उक्त स्वास्थ्य शिविरमा तिलगंगा आँखा प्रतिष्ठान र बीरगंज सामुदायिक अस्पतालका विशेषज्ञ चिकित्सकहरूको टोलीले आँखाको जाँच तथा परामर्श प्रदान गरेका थिए।

जाँचका क्रममा ५९ जनामा मोतियाबिन्दु रोग पत्ता लागेकाले ती सबै बिरामीको निःशुल्क शल्यक्रिया गरिने भएको जानकारी लायन्स क्लब परिवारका अध्यक्ष लायन नरोत्तम पाण्डेयले दिनुभयो। उहाँका अनुसार यो अभियान पोखरिया नगरपालिकाका सबै १० वटै वडामा सञ्चालन गरिने तयारी भइरहेको छ।

समाजसेवी राजु गिरीको अध्यक्षतामा सम्पन्न शिविरमा नेजामुद्दीन शमानी, आशा देवी, दिपनारायण रौनियार, सेन्ट्रल सिटीका अध्यक्ष सुशीला साह, डा. प्रभात चौरसिया, तिलक पटेल, विजय कुमार पटेल, नन्दकिशोर चौहान लगायतका सम्माननीय व्यक्तिहरूको विशेष उपस्थिति रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल