13 July ,2026,Monday

राम–जानकी मन्दिरको स्वन्दिकरण र दीर्घकालीन विकासमा मेयर सिंह सक्रिय, स्थल निरीक्षणपछि कामलाई तीव्रता दिने निर्देशन

अभिलाष गुप्ता

 वीरगंज, २५ मंसिर । वीरगंज महानगरपालिका–१० घडिर्वा पोखरी नजिक अवस्थित ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको राम–जानकी मन्दिरको स्वन्दिकरण तथा दीर्घकालीन विकास योजनालाई तीव्रता दिन आज मेयर राजेशमान सिंह स्वयं स्थलमै पुगेर विस्तृत अनुगमन तथा घुमघाम गर्नु भयो ।

निरीक्षणको क्रममा वडा अध्यक्ष सुशील साहको विशेष उपस्थितिमा मेयर सिंहले स्थानीय बासिन्दाहरूसँग प्रत्यक्ष संवाद गर्दै मन्दिरको वर्तमान अवस्था, आवश्यक पूर्वाधार, संरचनागत कमीकमजोरी, पर्यटकीय सम्भावना, तथा आगामी योजनाहरूका बारेमा सूक्ष्म अध्ययन गर्नुभयो ।

मन्दिर क्षेत्रलाई अधिक सुरक्षित, आकर्षक र व्यवस्थित बनाउने लक्ष्यसहित मेयर सिंहले मार्ग विस्तार, सोलार तथा आधुनिक बत्ती व्यवस्थापन, सफाइ सुदृढीकरण, हरियाली विस्तार, ढल निकास, पार्किङ व्यवस्था, तथा आवश्यक संरचनागत सुधारलाई पहिलो प्राथमिकतामा राखी तत्काल कार्य अघि बढाउन सम्बन्धित प्राविधिक र कार्यान्वयन टोलीलाई स्पष्ट निर्देशन दिनुभयो ।

स्थानीय समुदायको सुझावलाई आधार बनाउँदै धार्मिक तथा सांस्कृतिक महत्व बोकेको मन्दिरलाई धार्मिक पर्यटनको प्रमुख केन्द्रबिन्दु बनाउन सकिने सम्भावनाबारे पनि मेयर सिंहले जोड दिनुभयो। मन्दिर परिसरलाई सहज, सुरक्षित र व्यवस्थित बनाउने काममा महानगर निरन्तर प्रतिबद्ध रहेको बताउँदै उनले स्वन्दिकरण कार्यलाई छिटो, दिगो र प्रभावकारी रूपमा अघि बढाइने आश्वासन दिनुभयो ।

आजको स्थल निरीक्षणले राम–जानकी मन्दिरको विकास योजना महत्त्वपूर्ण चरणमा प्रवेश गरेको स्पष्ट भएको स्थानीय बासिन्दाले प्रतिक्रिया जनाएका छन् ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...