12 December ,2025,Friday

रानीघाटस्थित जीवन ज्योति सेकेन्डरी स्कुलमा ‘ह्याप्पी ग्रान्ड–पेरेन्ट्स डे 2082’ भव्य रूपमा सम्पन्न

अभिलाष गुप्ता

 वीरगंज, २५ मंसिर । जिवन ज्योति सेकेन्डरी स्कुल रानीघाटले आज ‘ह्याप्पी ग्रान्ड–पेरेन्ट्स डे २०८२’ कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि मारवाडी महिला मञ्चकी पूर्व अध्यक्ष रेनु अग्रवाल रहेको कार्यक्रममा विद्यालय परिवार, अभिभावक तथा हजुरबुबा–हजुर आमाहरू को उल्लेखनीय उपस्थिति देखिएको थियो ।

कार्यक्रमका विशिष्ट अतिथिमा मानवसेवा आश्रम वीरगंजका संस्थापक एवं समाजसेवी देवेश गुप्ता,  वीरगंज युवा समाजका अध्यक्ष सन्जिव थापा, लायन्स क्लब वीरगंज परिवारका अध्यक्ष नरोतम पाण्डे, स्कुल संचालिका मिनाक्क्षी गुप्ता तथा अन्य प्रतिष्ठित व्यक्तिहरू सहभागी भए ।

एलकेजी, युकेजी र नर्सरी कक्षाका स–साना बालबालिकाहरूले विभिन्न सांगीतिक प्रस्तुति, नाटक तथा नृत्यमार्फत अतिथिहरूलाई मुग्ध पारे । बालबालिकाको उत्साह, हजुरबुबा–हजुरआमा प्रति सम्मान तथा पारिवारिक सद्भाव उजागर गर्ने उद्देश्यले कार्यक्रम विशेष रूपमा मनाइएको विद्यालयले जनाएको छ ।

उक्त कार्यक्रममा हजुरबुबा–हजुर आमाहरू लाई गेम पनि खेलाईएको थियोे।खेल पश्चात् गिफ्त समेत दिईएको थियोे ।

स्कुलका संचालक शिव गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चारकर्मी उज्ज्वल घिमिरेले सफलता पूर्वक संचालन गरेका थिए। विद्यालयले शैक्षिक गतिविधिसँगै नियमित रूपमा यस्ता प्रेरणादायी तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल ।

सीमित समयका लागि मात्र अफर लागू !
विशेष छुटका साथ भव्य अफर सुरू !  नयाँ डिजाइनका सुन–चाँदीका गहना
वैवाहिक तथा उपहार सामग्रीमा विशेष छूट
विश्वास, गुणस्तर र उचित मूल्यको सुनिश्चितता आजै आउनुहोस्,
मनपर्ने गहना छान्नुहोस् र विशेष छुटको फाइदा लिनुहोस्।
कल्याण ज्वेलर्स – जहाँ विश्वास झल्किन्छ, सौन्दर्य चम्किन्छ।