18 December ,2025,Thursday

प्याब्सन गर्लस एन्ड जुनियर बोएज टी–१० क्रिकेटमा चार खेल सम्पन्न

अभिलाष गुप्ता

 वीरगंज, ०३ पौष । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) वीरगंजको आयोजना मा दोस्रो संस्करणको ‘प्याब्सन गर्लस एन्ड जुनियर बोएज टी–१० नकआउट क्रिकेट टुर्नामेन्ट ’ अन्तर्गत आज बिहीबार चार खेल सम्पन्न भएका छन् ।

८ ओभरमा खेलाइएको पहिलो खेलमा लिटल फ्लावर स्कूलले गोल्डेन फ्युचर स्कूललाई पराजित गर्दै जित हात पारेको छ । २३ रनको लक्ष्य पछ्याएको लिटल फ्लावरले २५ रन बनाउँदै विजय हासिल गर्‍यो । दोस्रो खेलमा विकन स्कूलले दिएको ४९ रनको लक्ष्य सेन्ट जेभियर विद्यालयले ५० रन बनाएर पूरा गर्दै जित निकालेको छ ।

त्यसैगरी तेस्रो खेलमा नवदीप स्कूलले दिएको ३८ रनको लक्ष्य ज्ञान वाटिकाले सफलतापूर्वक पछ्याउँदै जीत हात पार्‍यो । अन्तिम खेलमा कालिकामाई स्कूलले चिल्ड्रेन वर्ल्डलाई पराजित गर्दै प्रतियोगितामा आफ्नो स्थान सुरक्षित गरेको छ ।

विद्यालय स्तरका छात्रा तथा जुनियर छात्रलाई लक्षित गर्दै आयोजना गरिएको यो प्रतियोगिता वीरगंज स्थित आदर्शनगर रङ्गशालामा सञ्चालन भइरहेको छ । खेलकुदले विद्यार्थीहरूको प्रतिभा उजागर गर्न सहयोग पुग्ने भन्दै स्थानीयवासी तथा दर्शकहरूले यस्ता प्रतियोगिता भविष्यमा पनि निरन्तर हुनुपर्ने चाहना व्यक्त गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल