27 June ,2026,Saturday

वीरगंजमा भव्य ‘महाआरती एवं सांस्कृतिक सन्ध्या’ सम्पन्न

वीरगंज, १३ चैत्र । श्री गहवा माई तीर्थ क्षेत्र विकास समितिको आयोजनामा गहवामाई मन्दिर परिसरमा भव्य ‘महा आरती एवं सांस्कृतिक सन्ध्या–२०८२’ सम्पन्न भएको छ।

 कार्यक्रमको उदघाटन ज्योतिष सम्राट डा. पुरूषोत्तम दुबेको नेतृत्वमा विद्वान ब्राह्मण टोलीद्वारा दीप प्रज्वलन गरी गरिएको थियो । डा. दुबेको नेतृत्वमा पण्डित दिनेश तिवारी, पण्डित विद्याधर झा, पण्डित शत्रुघ्न वैष्णव र पण्डित विवेकजीले मंगलमय स्वस्तिवाचन र गणपति स्तोत्र वाचन गरी वातावरणलाई आध्यात्मिक ऊर्जाले भर्नुभएको थियो।
 
समितिका अध्यक्ष श्याम कुमार पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह, समितिका सचिव लक्ष्मी नारायण गुप्ता लगायतको सहभागिता थियो ।
 
गुप्ताले धार्मिक अनुष्ठानका साथै महाभण्डारा, छपन्न भोग, भव्य रक्तदान कार्यक्रम र निःशुल्क आँखा शिविर जस्ता मानवीय सेवाका कार्यहरू निरन्तर गर्दै आएको जानकारी दिनुभयो।
कार्यक्रममा राम ललाको झाँकी, नारायणी डान्स एकेडेमीको नृत्य र महिषासुरमर्दिनी नृत्यको अलौकिक प्रस्तुतिले उपस्थित सबैलाई मन्त्रमुग्ध पारेको थियो।
कार्यक्रमका संयोजक मुकेश प्रसाद साहले कार्यक्रमलाई भव्य बनाउन आर्थिक एवं भौतिक सहयोग गर्नेहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो।
प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...