अभिलाष गुप्ता
वीरगंज, १० पुस । राष्ट्रिय निजी तथा आवासीय विद्यालय संघ नेपाल (नेशनल प्याब्सन, वीरगंज) को आयोजनामा प्राथमिक, माध्यमिक तथा माध्यमिक (+2) तहको चेस प्रतियोगिता–२०८२ वीरगंजस्थित ओम पार्टी प्यालेसमा भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रम नेशनल प्याब्सन, वीरगंजका अध्यक्ष जियालाल गुप्ताको अध्यक्षतामा सम्पन्न भएको थियो भने शिक्षा विकास तथा समन्वय इकाईका शाखा अधिकृत विद्यानन्द प्रसाद यादव प्रमुख अतिथिका रूपमा विशेष आतिथ्यता रहेका थिए ।

प्रतियोगिताका संयोजक प्रमोद कुमार साह र हरिन्द्र प्रसाद कुशवाहा रहेका थिए। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा राहुल श्रीवास्तव, अमिल आलोक, कमल चौगाईलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको उद्घोषण काव्या एकेडेमीकी प्रधानाध्यापक ममता कुशवाहाले गरेकी थिइन् । प्रतियोगितामा वीरगञ्जका विभिन्न विद्यालयबाट विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
उक्त प्रतियोगिताको नतिजा अनुसार प्राथमिक तहमा प्रथम: आयुष गुप्ता जिएचपी स्कुल,द्वितीय: नितिन कानु ज्ञान उदय स्कूल,तृतीय: रिदम राई आइडियल एकेडेमी,माध्यमिक तह प्रथम: सिद्धार्थ श्रेष्ठ डिपिएस स्कुल,
द्वितीय: पियुष कुमार साह,तृतीय: किशन साह सगरमाथा एकेडेमी
माध्यमिक (+2) तह,प्रथम: समित चौधरी, द्वितीय: आयुष चौरसिया डेसिमल स्कूल,तृतीय: सुमेधा खण्डेलवाल — दिल्ली पब्लिक स्कूल
विजेता तथा सहभागी सबै विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा वक्ताहरूले चेसजस्ता बौद्धिक खेलले विद्यार्थीहरूको रणनीतिक सोच, अनुशासन तथा खेलभावनाको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । नेशनल प्याब्सन, वीरगञ्जले आगामी दिनहरूमा पनि यस्ता शैक्षिक, बौद्धिक तथा प्रतिभा अभिवृद्धि गर्ने कार्यक्रमहरू निरन्तर आयोजना गर्ने प्रतिबद्धता जनाएको छ ।




