spot_img

12 February ,2026,Thursday

राष्ट्रीय स्वतन्त्र पार्टीको वीरगंज महानगर-४ र ५ मा संगठन विस्तार

वीरगंज, ११ पुस । आगामी निर्वाचनमा पुराना दलहरू फेरि पनि भोट माग्न आए उनीहरूलाई प्रश्न गर्न आम जनतामा राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका सभापति हरी पन्तले आग्रह गरेका छन् ।

 वीरगंज महानगर  वडा नं ४ र ५ को प्रथम भेलालाई सम्बोधन गर्दै पन्तले विगत पैंतीस वर्षदेखि पटक–पटक शासन सत्ताको केन्द्रमा रहेका पुराना दलहरूले अब जनता समक्ष मत माग्ने नैतिक अधिकार समेत गुमाई सकेको बताए ।

उक्त भेलाले राष्ट्रीय स्वतन्त्र पार्टीको वीरगंज महानगरको वडा नं  ४ र ५ मा संगठन समेत विस्तार गरेको छ ।  भेलाले वडा नं ४ मा सञ्चारकर्मी मुकेश सिंहको सभापतित्वमा ११ सदस्यीय वडा कमिटि गठन गरेको छ । कमिटीको उपसभापतिमा संगीता जोशी, सचिवमा पुकार थापा र सदस्यहरूमा शेख सहजाद, कृष्टा थापा सुनिल दर्लामी, विजय चौहान, रोजन जोशी, प्रितम श्रेष्ठ, शंकर थापा र सरू जोशी रहेका छन्  ।
त्यसैगरी वडा नं ५ मा इमरान शेखको सभापतित्वमा ११ सदस्यीय कमिटी गठन गरिएको छ ।
कमिटिको उपसभापतिमा अरूण  मानन्धर, सचिवमा सकील अहमद र सदस्यहरूमा अमित जोशी, जमिर अख्तर, सुनिल सरार्फ, सरस्वती गुरूङ, जावेद अख्तर, शनि मानन्धर, सजाद अहमद र ओमी गुरूङ रहेका छन् ।
रास्वपा महानगर सभापति अमन आलमको सभापतित्वमा सम्पन्न उक्त भेलाको सहजीकरण मधेस प्रदेश संगठन विभाग उपप्रमुख प्रमोद गरेका थिए ।
महानगर उपसभापति परितोश द्विवेदीले स्वागत मन्तव्य राखेका भेलामा क्षेत्रीय सभापतिहरू राम आर्य, फैयाद मियाँ, महानगर सचिव गौतम श्रेष्ठ, नेता परवेज अख्तर,नितु खड्गी, सुदिश प्रजापति, मुन्ना साहलगायतले मन्तब्य राखेका थिए ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल