27 June ,2026,Saturday

पर्सागढीमा श्रीमतीमाथि अमानवीय आक्रमण: पीडित परिवारलाई ५० हजार १०५ रुपैयाँ सहयोग

अभिलाष गुप्ता

वीरगंज, १५ चैत्र । पर्सा जिल्लाको पर्सागढी नगरपालिका–३, विरुवा टोलका ३० वर्षीय विश्वनाथ सहनीले आफ्नै २५ वर्षीया श्रीमती हरिकला देवी सहनीमाथि घरायसी विवादका कारण योजनाबद्ध रूपमा क्रुर आक्रमण गरेका छन्।

उनले धारिलो हतियार (दाउ) प्रयोग गरी श्रीमतीको बायाँ खुट्टा काटी गम्भीर घाइते बनाएका थिए। घटनापछि सहनी श्रीमतीलाई रगताम्मे अवस्थामा छाडेर फरार भएका थिए।घटनाको जानकारी पाए पछि प्रहरी टोली खटिई अनुसन्धान सुरु गरिएको थियो। फरार रहेका सहनीलाई प्रहरीले पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ।

घटनापछि पीडित हरिकला देवी सहनीको अवस्था गम्भीर रहेको र उपचार भइरहेको जनाइएको छ। यसैबीच, पीडित परिवारको आर्थिक अवस्था कमजोर रहेको देखिएपछि सहयोगका लागि पहल गरिएको थियो।

जिल्ला स्तरीय लैङ्गिक हिंसा सञ्जाल समिति कोषबाट पीडित परिवारलाई राहत स्वरूप नगद रु. ५०,१०५ (पचास हजार एक सय पाँच रुपैयाँ) बराबर को चेक प्रदान गरिएको छ। उक्त चेक जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकद्वारा पीडितका आमा–बुवालाई हस्तान्तरण गरिएको हो।

स्थानीयवासी तथा सरोकारवालाहरूले यस्ता घटना को पुनरावृत्ति रोक्न कडा कानुनी कारबाही र जनचेतना आवश्यक रहेको बताएका छन्। प्रहरीले पनि घरेलु हिंसाविरुद्ध शून्य सहनशीलताको नीति अपनाउँदै दोषीलाई कानुनी दायरामा ल्याइने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...