5 January ,2026,Monday

नेशनल मेडिकल कलेज र प्याब्सन पर्साबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

वीरगंज, २० पुष । नेशनल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल प्रा.लि. तथा प्राइभेट एण्ड बोर्डिङ स्कूल्स अर्गनाइजेसन नेपाल (प्याब्सन), पर्साबीच स्वास्थ्य सेवा सहकार्य सम्बन्धी महत्वपूर्ण सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौता २०८२ साल पुस २० गते का दिन नेशनल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलको केन्द्रीय कार्यालय, वीरगञ्ज १५, पर्सामा औपचारिक रूपमा सम्पन्न भएको हो।

सम्झौता अनुसार प्याब्सन पर्सासँग आबद्ध विद्यालयका बोर्ड सदस्य, कर्मचारी तथा उनीहरूका प्रत्यक्ष आश्रित परिवारजनलाई नेशनल मेडिकल कलेजमार्फत विशेष स्वास्थ्य सेवा सुविधा उपलब्ध गराइनेछ। सहकार्य अन्तर्गत आकस्मिक तथा आपतकालीन उपचार सेवा, क्यासलेस तेस्रो पक्ष बीमा सेवा, चिकित्सकद्वारा अन–साइट क्लिनिक सञ्चालन, वेलनेस तथा स्वास्थ्य परीक्षण प्याकेज लगायत अस्पतालका विभिन्न सेवामा विशेष सहुलियत प्रदान गरिने व्यवस्था गरिएको छ।

सम्झौतामा ओपीडी टिकट, जनरल बेड, आईसीयू,एनआईसीयू,पीआईसीयू सेवा, शल्यक्रिया, प्याथोलोजी परीक्षण, भिडियो एक्स–रे, एक्स–रे, ईसीजी, इको, टीएमटी, सिटी स्क्यान, एमआरआई तथा ओपीडी तथा आईपीडी फार्मेसी सेवामा विशेष छुट प्रदान गरिने उल्लेख गरिएको छ।

उक्त सम्झौतामा नेशनल मेडिकल कलेज प्रा.लि.का तर्फबाट एडमिसन अफेयर्स तथा मार्केटिङ निर्देशक श्री अबिद हुसेन अन्सारी र प्याब्सन पर्साका तर्फबाट अध्यक्ष श्री सरोज प्रसाद चौधरीले हस्ताक्षर गर्नुभएको हो। सम्झौता एक वर्षका लागि लागू हुने र आपसी सहमतिमा नवीकरण गर्न सकिनेछ।

कार्यक्रममा प्याब्सनको तर्फबाट डा. हरिशङ्कर साह राज्य नीति तथा योजना आयोग सदस्य, हासिम अन्सारी गेम को–अर्डिनेटर साउथ जोन स्कूल को उपस्थिति रहेको थियो भने नेशनल मेडिकल कलेजको तर्फबाट इञ्जिनियर प्रदीप कुमार चौधरी चीफ इन्फर्मेसन अफिसर, तथा जितेश चन्द्र दास मार्केटिङ म्यानेजर सहभागी हुनु भएको थियो।

दुवै संस्थाबीच भएको यो सहकार्यले शैक्षिक क्षेत्रसँग आबद्ध व्यक्तिहरूलाई गुणस्तरीय, सुलभ तथा प्रभावकारी स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्दै संस्थागत सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल