27 June ,2026,Saturday

नारायणी रंगशाला निर्माणका लागि ४ करोड बजेट, थप बजेटको अपेक्षा

वीरगंज,२८ फागुन । जेन्जी आन्दोलन भन्दा पहिलाको सरकारका तत्कालीन युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले वीरगंजस्थित नारायणी रंगशाला निर्माणका लागि चार करोड रुपैयाँ बजेट छुट्याएका थिए।

उक्त बजेट विनियोजनमा तत्कालीन कानुन मन्त्री अजय कुमार चौरसियाको विशेष पहल रहेको बताइएको छ। स्थानीय खेलकुद पूर्वाधारलाई सुदृढ बनाउने उद्देश्यले रंगशाला निर्माणको प्रक्रिया अघि बढाइएको हो।

यस सम्बन्धमा जिल्ला खेलकुद विकास समिति पर्साका अध्यक्ष दीपक कुमार साह कानुका अनुसार स्थानीय खेलकुद पूर्वाधारलाई मजबुत बनाउने लक्ष्यसहित नारायणी रंगशालाको निर्माण कार्यलाई तीव्रता दिइएको हो।

यस्तै, आगामी मन्त्रिपरिषद् (क्याबिनेट) बाट पनि नारायणी रंगशाला निर्माणका लागि विशेष बजेट आउने अपेक्षा गरिएको अध्यक्ष कानुले बताएका छन्।

रंगशाला निर्माण सम्पन्न भएपछि वीरगंज तथा आसपासका क्षेत्रका खेलाडीहरूलाई अभ्यास तथा विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन गर्न सहज हुने विश्वास गरिएको छ। साथै, यसले स्थानीय स्तरमा खेलकुद गतिविधि प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...