8 January ,2026,Thursday

रामगढवामा ट्राफिक सुरक्षाका लागि समुदाय–प्रहरी साझेदारी, सचेतना अभियान सम्पन्न

 अभिलाष गुप्ता

वीरगंज, २३ पुष । सवारी दुर्घटना रोकथाम र न्यूनीकरणलाई प्राथमिकता दिँदै रामगढवा एकता युवा क्लब र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको सहकार्यमा रामगढवामा जनचेतना मूलक कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका ट्राफिक प्रहरी निरीक्षक युवराज कटवाल विशेष अतिथिको रूपमा सहभागी हुनु भएको थियो । कार्यक्रम रामगढवा एकता युवा क्लबका कोषाध्यक्ष शिवराज पटेलको अध्यक्षतामा सम्पन्न भएको हो ।

सवारी दुर्घटनाको जोखिम उच्च रहेको आइसिपी नजिकको व्यस्त सडक खण्डमा कार्यक्रमअन्तर्गत ट्राफिक सचेतना सम्बन्धी सूचना बोर्ड जडान गरिएको छ । यसले सवारी चालक तथा सर्वसाधारणलाई ट्राफिक नियमको पालना गर्न थप सचेत गराउने अपेक्षा गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै ट्राफिक प्रहरी निरीक्षक युवराज कटवालले दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमको कडाइका साथ पालना, हेलमेट र सिटबेल्टको अनिवार्य प्रयोग, गति नियन्त्रण र निरन्तर जनचेतना अभियान आवश्यक रहेको बताए । उनले समुदायस्तरबाट हुने यस्ता पहलहरूले दुर्घटना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्ने उल्लेख गरे ।

कार्यक्रममा रामगढवा एकता युवा क्लबका सदस्यहरू सर्वण पटेल, अन्नु पटेल, नितेश पटेल, अरविन्द पटेल, धिरज पटेललगायतको सक्रिय सहभागिता रहेको थियो । साथै एलाईड युथ सोसाइटीका अध्यक्ष ओम जी तथा विभिन्न संघ–संस्थाका पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।

आयोजक संस्थाहरूले आगामी दिनमा पनि सवारी सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल