spot_img

13 March ,2026,Friday

ब्लड क्यान्सर पीडित उमेश महतोका लागि मानवीय सहयोग, हेल्प मधेशी नेपाल मलेसियाद्वारा नगद हस्तान्तरण

रौतहट, २४ पुष । मधेश प्रदेश अन्तर्गत रौतहट जिल्ला, राजदेवी नगरपालिका–५ हजमिनिया दरबार निवासी श्री फेकन महतोका छोरा २४ वर्षीय उमेश महतो विगत करिब डेढ वर्षदेखि ब्लड क्यान्सर (रक्त क्यान्सर) जस्तो गम्भीर रोगबाट पीडित भई उपचाररत छन्। लामो समयदेखि चलिरहेको उपचारका कारण उनको स्वास्थ्य अवस्था हाल अत्यन्तै दयनीय बनेको छ।

उपचारका क्रममा परिवारले आफ्नो स्वामित्वमा रहेको घडेरीसमेत राखी ऋण लिएर हालसम्म करिब ७ लाख रुपैयाँभन्दा बढी खर्च गरिसकेको छ। तर उपचार निरन्तर जारी राख्न अझै करिब ४ लाख रुपैयाँ बराबरको आर्थिक अभाव रहेको परिवारले जनाएको छ।

यही कठिन परिस्थितिलाई मध्यनजर गर्दै वीरगञ्जका सामाजिक अभियंता प्रकाश थारूको पहलमा तथा हेल्प मधेशी नेपाल मलेसिया (सेरेम्बान दलान) का साथीहरूको सहयोगमा आज उमेश महतोको घरमै पुगेर २४ हजार ५ सय रुपैयाँ नगद सहयोग हस्तान्तरण गरिएको छ।

हाल उमेश महतो अत्यन्तै कठिन र पीडादायी अवस्थाबाट गुज्रिरहेका छन्। कमजोर आर्थिक अवस्थाका कारण थप उपचारमा समस्या भइरहेको भन्दै परिवारले सबै सहयोगी मन, संघ–संस्था तथा सरोकारवाला निकायहरूसँग सहयोगका लागि हार्दिक अपील गरेका छन्।

पीडितका आमाले संघ, प्रदेश र स्थानीय सरकारका निकाय हुँदाहुँदै पनि हालसम्म कुनै पनि सरकारी निकायबाट एक सुका पानी बराबरको सहयोगसमेत प्राप्त नभएको भन्दै गहिरो दुःख व्यक्त गर्नुभएको छ।
सहयोग हस्तान्तरण कार्यक्रममा।

सामाजिक अभियंता प्रकाश थारू, कन्हैया पटेल, पत्रकार सन्जय कुमार सहनी, समाजसेवी नवीन कुमार सिंह लगायतको उपस्थिति रहेको थियो। उपस्थित सबैले मानवीय सहयोग र सामाजिक सद्भावको उदाहरण प्रस्तुत गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल