9 January ,2026,Friday

प्याब्सनको ३५ औँ स्थापना दिवस वीरगंजमा सामाजिक उत्तरदायित्व र दीप प्रज्वलन कार्यक्रम सहित सम्पन्न

अभिलाष गुप्ता

वीरगंज, २४ पुष । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) को ३५ औँ स्थापना दिवस वीरगंजमा सामाजिक तथा रचनात्मक कार्यक्रमहरू आयोजना गरी भव्य रूपमा सम्पन्न भएको छ। प्याब्सन वीरगंज र प्याब्सन पर्साको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिइएको थियो।

स्थापना दिवसको अवसरमा वीरगंज स्थित आमाको छात्रावासमा आश्रित बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरिएको आयोजकले जनाएको छ। छात्रावासका विद्यार्थीहरूका लागि ३० दर्जन कापी तथा ३६० थान कलम र पेन्सिल वितरण गरिएको हो।

प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीले शिक्षा सबैको पहुँचमा पुर्‍याउन निजी क्षेत्रले सामाजिक उत्तरदायित्व बहन गर्नुपर्नेमा जोड दिँदै प्याब्सन त्यस दिशामा प्रतिबद्ध रहेको बताए।

त्यसैगरी, साँझ वीरगंजको एतिहासिक सांस्कृतिक धरोहर घण्टाघर परिसरमा दीप प्रज्वलन तथा दीपावली कार्यक्रम आयोजना गरिएको थियो। प्याब्सन अंकित दीप प्रज्वलनमार्फत संगठनको शैक्षिक योगदान, ज्ञानको उज्यालो र उज्ज्वल भविष्यप्रतिको प्रतिबद्धताको सन्देश प्रवाह गरिएको थियो।

प्याब्सन पर्साका सचिव अशोक संग्रौलाले नेपालको शैक्षिक क्षेत्रमा निजी क्षेत्रले पुर्‍याएको योगदानलाई सम्मान गर्दै संस्थापक, प्रधानाध्यापक, शिक्षक, अभिभावक, कर्मचारी तथा विद्यार्थीहरूको सामूहिक प्रयासको कदरस्वरूप दीप प्रज्वलन गरी स्थापना दिवस मनाइएको जानकारी दिए।

कार्यक्रम जिल्ला अध्यक्ष सरोज प्रसाद चौधरी र वीरगञ्ज महानगर अध्यक्ष राहुल श्रीवास्तवको संयुक्त अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्याब्सनका केन्द्रीय सदस्य छेदुप लामा, मधेश प्रदेश उपाध्यक्ष इमामुद्दिन अहमद, जिल्ला वरिष्ठ उपाध्यक्ष सुशिला साह, जिल्ला उपाध्यक्ष विरेन्द्र यादव, वीरगंज नगर सचिव अमित आलोकलगायत जिल्ला तथा नगर कार्यसमिति सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा उपस्थित वक्ताहरूले निजी शिक्षा क्षेत्रले देशको शैक्षिक विकासमा पुर्‍याएको योगदानको चर्चा गर्दै गुणस्तरीय, मूल्यआधारित र समावेशी शिक्षाको प्रवर्द्धनमा प्याब्सनले अझ सक्रिय भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याएका थिए। सहभागीहरूका अनुसार कार्यक्रमले संगठनात्मक एकता, सामाजिक उत्तरदायित्व र शैक्षिक प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ।

यसै अवसरमा प्याब्सन सदस्य विद्यालय लिटल बडी प्रि–स्कुलले आफ्नो वार्षिक खेलकुद कार्यक्रम पनि सम्पन्न गरेको छ। बिहीबार आयोजित उक्त कार्यक्रम लिटल बडी प्रि–स्कुलका प्रिन्सिपल विजय बलको सभापतित्व तथा सनसाइन बोर्डिङ स्कुलका सञ्चालक एवं प्याब्सन वीरगंज महानगर सचिव अमित आलोकको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल