10 January ,2026,Saturday

बढ्दो चिसोमा मानवताको उदाहरण

अभिलाष गुप्ता

वीरगंज, २५ पुष ।  बढ्दो चिसोका कारण दिनदुखी तथा असहायहरूको जीवन कठिन बन्दै गएको अवस्थामा वीरगंज कपडा बैंकले शुक्रबार वीरगंजको घण्टाघरमा नि:शुल्क कपडा वितरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा नयाँ तथा प्रयोगयोग्य पुराना गरी करिब १ हजार ७ सय थान कपडा वितरण गरिएको बैंकका सचिव कन्हैया पटेलले जानकारी दिए।

वीरगंज कपडा बैंकले प्रत्येक आइतबार देखि शुक्रबार सम्म बिहान १०:३० बजेदेखि साँझ ५ बजेसम्म आफ्नो कार्यालय वीरगन्ज–८ बाट निरन्तर रूपमा गरिब, असहाय तथा आवश्यकतामा परेकाहरू लाई नि:शुल्क कपडा उपलब्ध गराउँदै आइरहेको छ। सोही अभियान अन्तर्गत सार्वजनिक स्थल घण्टाघरमा विशेष कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रम वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबू सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा बैंकका संरक्षक तथा वरिष्ठ समाजसेवी अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मी प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने बैंकका सल्लाहकार अधिवक्ता पन्नालाल गुप्ता र अधिवक्ता प्रकाश कुमार उपाध्याय विशिष्ट अतिथिका रूपमा सहभागी थिए।

सो अवसरमा युवा समाजसेवी बरुण चौरसिया, हुकुम सिंह, नेजामुद्दिन समानी, सुशिला साहनरोत्तम पाण्डे, आईज नेपाल पर्साका कोषाध्यक्ष रुपशिला जैसवाल, इन्द्र कुमार मानन्धर, घण्टाघर प्रहरी पोस्ट प्रमुख राम विनय झा, संस्थाका सल्लाहकार श्रवण बहादुर रायमाझी, ओमप्रकाश सराफ, उपाध्यक्ष प्रकाश थारु, सदस्यहरू जानकी देवी, सञ्जय मण्डल, नवराज भट्टराई, केदार गुप्ता, अभय बस्नेत, लम्बु पटेल, सुमित राज गुप्ता लगायत पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रमुख अतिथि अधिवक्ता कुर्मीले “जो सँग धेरै कपडा छन्, हामीलाई दिएर जानुहोस् र जसलाई आवश्यकता छ, यहाँबाट नि:शुल्क लिएर जानुहोस्” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै कपडा बैंकले विगत ७ वर्षदेखि निरन्तर मानव सेवामा समर्पित रहँदै आएको उल्लेख गरे। आगलागी, बाढी, शीतलहर तथा चिसो याम जस्ता विपद्का समयमा पीडितहरूको घर–आँगनमै पुगेर लत्ताकपडासहित आवश्यक सामग्री वितरण गर्दै आएको उनले बताए। साथै, सबै नागरिकले आफ्नो आम्दानीको ५ देखि १० प्रतिशत हिस्सा सामाजिक सेवामा खर्च गर्ने बानी बसाल्न सके मानवता अझ बलियो हुने उनको भनाइ थियो।

विशिष्ट अतिथि अधिवक्ता गुप्ताले पनि हालको शीतलहरको कठिन अवस्थामा सबैले आ–आफ्नो स्थानबाट दिनदुखी तथा असहायको सेवा–सहयोग गर्नुपर्ने आवश्यकता औंल्याउँदै कपडा बैंकको यस नेक कार्यमा सक्दो सहयोग गर्न आग्रह गरे।

कार्यक्रमको अन्त्यमा अध्यक्ष लालबाबू सिंहले वीरगंज कपडा बैंकको मानवतामूलक अभियानमा सहयोग पुर्‍याउने सम्पूर्ण दाता, शुभेच्छुक, सल्लाहकार, पदाधिकारी तथा सदस्यहरूप्रति आभार व्यक्त गरे।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल