spot_img

13 March ,2026,Friday

नेपाल जनता पार्टीद्वारा पर्सा क्षेत्र नं. ४ मा पूर्व प्रहरी निरीक्षक अरुण कुशवाहा प्रतिनिधिसभा उम्मेदवार घोषित

अभिलाष गुप्ता

वीरगंज, २६ पुष । नेपाल जनता पार्टी (नेजपा) पर्सा जिल्ला समितिले पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यका लागि पूर्व प्रहरी निरीक्षक अरुण कुशवाहा लाई उम्मेदवार घोषणा गरेको छ।

छिपहरमाई गाउँपालिका–भिस्वास्थित श्री बौद्धिमाई मन्दिरको प्राङ्गणमा आयोजित विशेष कार्यक्रममा नेजपाले कुशवाहालाई औपचारिक रूपमा उम्मेदवारका रूपमा सार्वजनिक गरेको हो। कार्यक्रममा पार्टीका केन्द्रीय तथा जिल्ला तहका नेताहरू, कार्यकर्ता तथा स्थानीय अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै पार्टी नेताहरूले नेपाल जनता पार्टीको मुख्य एजेन्डा सुशासन, विकास, हिन्दू राष्ट्र, सनातन धर्मको रक्षा, भ्रष्टाचारमुक्त समाज निर्माण, गौहत्या तथा धर्म परिवर्तन पूर्ण रूपमा बन्द, गुरुकुल स्थापना, सांस्कृतिक राष्ट्रवाद, एकात्म मानव दर्शन, रोजगारी सृजना तथा स्वास्थ्य र शिक्षा क्षेत्रको सुधार रहेको बताए।

उम्मेदवार घोषणा सभामा नेपाल जनता पार्टीका केन्द्रीय वरिष्ठ नेता सन्तोष पटेल (सन्तोषानन्द महाराज), संगठन महामन्त्री इन्जिनियर राजीनन्द चौधरी, केन्द्रीय सदस्यहरू अधिवक्ता विनोद कुर्मी, सुरेश साह कानू, पारस दुबेदी, पर्सा जिल्ला उपाध्यक्ष ऊषा श्रीवास्तव, महामन्त्री नवीन मिश्र, कोषाध्यक्ष राजेश कलवार लगायतको उपस्थिति रहेको थियो।

त्यसैगरी जिल्ला कार्यसमिति सदस्यहरू राजकुमार तिवारी, अंशु कुमार प्रजापति, मुना साह तेली, महिला मोर्चा पर्सा जिल्ला अध्यक्ष संगीता गुप्ता, उपाध्यक्ष रेखा वर्णवाल, नेजपा पर्सा क्षेत्र नं. ४ समिति अध्यक्ष मुना कुमार कुर्मी, उपाध्यक्ष मिलन चौरसिया, महामन्त्री बलिराम सनातनी, प्रवक्ता राजन कुशवाहा, क्षेत्रीय सदस्य जगबहादुर चौरसिया सहित अन्य नेता–कार्यकर्ता तथा स्थानीय अगुवाहरू सहभागी थिए।

कार्यक्रममा सहभागी वक्ताहरूले अरुण कुशवाहाको प्रशासनिक अनुभव, इमानदारी र जनसेवाप्रतिको प्रतिबद्धताले पर्सा क्षेत्र नं. ४ मा नयाँ राजनीतिक विकल्प प्रस्तुत गर्ने विश्वास व्यक्त गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल