24 June ,2026,Wednesday

ठोरी एकेडेमीको आन्तरिक खेलकुद प्रतियोगिता सम्पन्न, रेड हाउसले जित्यो उपाधि

अभिलाष गुप्ता

 

वीरगंज, २७  पुष । गौतमनगर ठोरीमा अवस्थित प्याब्सन पर्सा सदस्य विद्यालय ठोरी एकेडेमीले आयोजना गरेको आन्तरिक खेलकुद प्रतियोगिता पुष २५ गते उद्घाटन भई आज पुष २७ गते विशेष समारोहका बीच सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगिताको समापन समारोहमा विजयी विद्यार्थी खेलाडीहरूलाई शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

चारवटा हाउसबीच भएको प्रतिस्पर्धामा कुल अंकको आधारमा रेड हाउस प्रथम, ब्लु हाउस द्वितीय र ग्रीन हाउस तृतीय स्थान हासिल गर्न सफल भएका थिए। विजेता हाउसहरूलाई आकर्षक ट्रफी प्रदान गर्दै उत्साहवर्धन गरिएको थियो।

समापन तथा पुरस्कार वितरण समारोहमा ठोरी एकेडेमीका प्रधानाध्यापक सुरेश पन्त सभापतिका रूपमा रहनुभएको थियो भने प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरी प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।

कार्यक्रमका विशिष्ट अतिथिहरूमा प्याब्सन केन्द्रीय सदस्य छेडुप लामा, ठोरी गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष अमृतकृष्ण सापकोटा, समाजसेवी रामकृष्ण पन्त तथा प्याब्सन पर्साका साधारण सदस्य एवम् बुद्ध शान्ति स्कूल ठोरीका प्रधानाध्यापक सुरेन्द्र लामा सहभागी रहनुभएको थियो।

समारोहमा बोल्दै अतिथिहरूले खेलकुदले विद्यार्थीहरूको शारीरिक, मानसिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै यस्ता प्रतियोगिताले अनुशासन, नेतृत्व क्षमता र सहकार्यको भावना विकास गर्ने बताए। विद्यालयले शैक्षिक गतिविधिसँगै अतिरिक्त क्रियाकलापलाई पनि समान महत्व दिँदै आएकोप्रति उनीहरूले प्रशंसा व्यक्त गरे।

कार्यक्रममा शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। ठोरी एकेडेमी परिवारले कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने सबैप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा यस्ता सिर्जनात्मक तथा विकासमुखी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...