12 January ,2026,Monday

जगरनाथपुर–४ मा चिसोबाट राहत: बृजेश्वर प्रसाद चौधरीद्वारा विपन्न परिवारलाई कम्बल तथा बालबालिकालाई खाद्य सामग्री वितरण

अभिलाष गुप्ता


वीरगंज, २७ पुष । जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ मा समाजसेवी तथा गाउँपालिकाका मेयर प्रत्याशी बृजेश्वर प्रसाद चौधरीले स्थानीय विपन्न तथा असहाय परिवारलाई चिसोबाट जोगाउने उद्देश्यले ४० थान कम्बल वितरण गरेका छन्। उक्त वितरण कार्यक्रम Brilliant Model English Boarding School, जगरनाथपुरको प्रांगणमा आज बिहान आयोजना गरिएको हो।

कार्यक्रमका क्रममा चौधरीले कम्बलसँगै विद्यालयमा अध्ययनरत साना बालबालिकालाई ८–८ पोकेटका दरले बिस्कुट तथा चाउ–चाउ पनि वितरण गरेका थिए। यस मानवीय पहलले स्थानीय समुदायमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै बालबालिकामा खुशी र उत्साह थपेको छ।

कार्यक्रमको समन्वय विद्यालयका सञ्चालक फजल करीले गरेका थिए। चौधरीले कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याएकोमा करीप्रति विशेष धन्यवाद व्यक्त गरेका छन्।

चिसो मौसममा आवश्यक सामग्री पाउँदा स्थानीय बासिन्दाहरूले खुशी व्यक्त गर्दै समाजसेवी चौधरीको कार्यको खुलेर प्रशंसा गरेका छन्। यस प्रकारका सहयोगी कार्यक्रमहरूले समाजमा मानविय मूल्य, सहकार्य र सेवाभावको महत्त्वलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल